प्रकाशित : ९ आश्विन २०७५, मंगलवार १७:०८


विराटनगर, ९ असोज । प्रदेश नं. १ का प्रदेश सचिव केदारप्रसाद न्यौपानेले सरकारले विस्तारै गतिलिदै गएको बताउनुभएको छ । प्रदेश सरकार गठन भएको सात महिनाको अवधि सम्म आईपुग्दा पहिलोको भन्दा धेरै व्यवस्थित हुँदै गएको उहाँको भनाई छ ।
आज पत्रकारसँगको भेटघाट कार्यक्रममा उहाँले जनअपेक्षा अनुसार काम नभएको देखिएपनि विस्तारै अपेक्षाहरु पुरा हुँदै जाने उहाँको भनाई छ । कार्यालय स्थापना हुने वित्तिकै नदौडेने भन्दै उहाँले भन्नुभयो,‘ नयाँ अभ्यास भएकाले विस्तारै हुँदै जान्छ ।’
प्रदेश स्तरिय कार्यालयको स्थापनासँगै प्रदेश सरकारले पनि गति लिने उहाँको विश्वास छ ।
नयाँ संरचना अनुसार सेवा प्रवाहमा केही समस्या देखिएको उहाँले स्वीकार गर्नुभयो । प्रदेश सरकारका गतिविधि सञ्चार माध्यम सम्म पुर्याउनका लागि पहल गर्ने उहाँको भनाई छ ।
प्रदेश सरकार गठन भएको सात महिनाको अवधिमा न्यौपाने तेश्रो सचिव हुनुहुन्छ ।