Breaking News

‘हाइलाइफ’ चप्पल उद्योगमा श्रम शोषण

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार ०७:४३

विराटनगर, ८ असोज । उद्योगी विकास चौधरीले मोरङको बुढीगंगा गाउँपालिका – ३ बाँसवारीमा संचालन रहेको ‘हाइलाइफ’ चप्पल उद्योगमा व्यापक रुपमा श्रम शोषण हुने गरेको पाइएको छ ।

करिब २ सय जना कार्यरत मजदुर रहेको उद्योगमा वर्षौदेखी श्रम शोषण गर्दै आएको अनुगमनको क्रममा फेला परेको हो ।

श्रम कार्यालय विराटनगर र मजदुरको हकहितमा लागि गर्दै आएको विभिन्न चार वटा टे«ड यूनियनले आइतबार गरेको अनुगमनमा यस उद्योगले यहाँ कार्यरत कुनै पनि श्रमिकलाई श्रम सम्झौतासमेत नगराइ काममा लगाउँदै आएको पाइयो ।

उद्योगमा अनुगमन टोली आएको थाहा पाएपछि म्यानेजर कैशाल मण्डलले श्रमिकलाई एउटा कोठामा थुनेर राखेको थिए । श्रम शोषण गरेको पोल खुल्ने डरले करिब ५० जना भन्दा बढी श्रमिकलाई एउटा कोठामा थुनेर राखेको अनुगमनको क्रममा नेपाल समाजवादी टे«ड यूनियका केन्द्रीय उपाध्यक्ष तेजलाल कर्णले देख्नु भएको थियो । ‘पछि बुझदै जादा उद्योगले वर्षै देखि श्रम शोषण गरेको कुरा श्रमिकले अनुगनलाई भनिदिने डरले लुकाएको रहेछ,’ कर्णले भन्नुभयोे ।’

चप्पल उद्योगले श्रमिकहरुको व्यापक रुपमा श्रम शोषण गर्ने गरेको फेला परेको श्रम कार्यालय विराटनगरका प्रमुख मणिनाथ गोपले बताउनुभयो ।

श्रम कार्यालयले हाइलाइफ चप्पल उद्योगका म्यानेजरसँग उद्योगमा कार्यरत कर्मचारीहरुको हाजिर खाता र तलवी भरपाइसमेत लिएको छ । ‘उद्योगमा अनुगमन गर्दा श्रम ऐन अनुसारको कार्यान्वयमा समस्या देखिएको छ,’ श्रम कार्यालयका प्रमुख मणिनाथ गोपाले भने, ‘१५ दिनभित्र सबै समस्याको हल गर्न निर्देशन दिएको छु ।’ श्रम ऐनले तोकेजति मजदुर तलब नदिए उद्योगनै बन्द गरिने उहाँले बताउनुभयो ।

यस विषयमा उद्योगका संचालक विकास चौधरीसँग सम्पर्क गर्न खोज्दा उहाँ नेपाल बाहिर भएकोले सम्पर्क हुन सकेन ।
अनुगमनमा नेपाल समाजवादी टे«ड यूनियन महासंघको केन्द्रीय उपाध्यक्ष तेजलाल कर्ण, जिफन्ट नेपालको प्रदेश अध्यक्ष किशोर धमला, अखिल नेपाल टे«ड युनियनका प्रदेश उपाध्यक्ष उपेन्द्र राय र नेपाल टे«ड यूनिय मोरङका अध्यक्ष शुशिल कोइरालको उपस्थीति रहेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार ०७:४३

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३