प्रकाशित : ८ आश्विन २०७५, सोमबार ०७:४२

विराटनगर, ८ असोज । शनिवारदेखि आरोहण गुरुकुल विराटनगरमा चर्चित उपन्यास एक चिहानमा आधारित नाटक एक चिहान मञ्चन सुरु भएको छ ।

हामी युवाको अयोजनामा स्वर्गीय उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्धारा लिखित उपन्यास एक चिहानको नाट्य रुपान्तर गरी मञ्चन सुरु गरिएको हो ।

शनिवारबाट सुरु नाटक १६ गते सम्म प्रत्येक दिन साझ ५ बजे मञ्चन गरिने निर्देशक मुकेश कर्णले जानकारी दिनुभयो ।

स्वर्गीय उपन्यासकार ह्दयचन्द्र सिंह प्रधानद्धारा लिखित चर्चित उपन्यास एक चिहान कक्षा ११ र १२ को पाठ्यक्रम पनि समाबेश छ । पहाडी गरिबी परिबेसमा रहेको नेवार परिवारले भोग्नु परेका समस्या र अफ्ठयाराहरुका बारेमा ब्याख्या गरिएको छ ।

मुकेश कर्णले निर्देशन गरेको नाटकमा देबेन्द्र यादव, सुरेश मण्डल, अश्मिना भट्टा कर्ण, उद्धव सापकोटा, राजेश ढकाल, राम राजबंशी, अनु श्रेष्ठ, समिक्षा कार्की, बिकास पराजुली, प्रेम दाहाल, सुबास बिष्ट र भरत कार्कीले अभिनय गरेका छन् ।

नाटकको प्रकाश व्यवस्थापनमा सागर विश्वास र ध्वनीमा निर्मल शर्मा छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३