Breaking News

खुर्सिद आलमको हत्याको निष्पक्ष छानविनको माग

प्रकाशित मिति : ७ आश्विन २०७५, आईतवार १०:४२

विराटनगर, ७ असोज । सुनसरीको हरिनगरा २, भुटाहाका मुस्लिम अगुवा खुर्सिद आलमको हत्याको निष्पक्ष छानविनको माग गरिएको छ ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् ।

उनीहरुले खुर्सिद आलमको हत्यापछि विभिन्न आतंकवादी संगठनसँग जोडेको भन्दै आपत्ती समेत जनाए । पत्रकार सम्मेलनमा बोल्दै गठबन्धनका संयोजक समीम मियाँ अन्सारीले मुस्लिम समुदायमा मात्रै नभएर यो आक्रमण देशको शान्ति सुरक्षामा प्रश्न उठ्नेगरी भएको भन्दै छानविनको माग गर्नुभयोे ।

खुर्सिद आलमलाई विभिन्न संगठनसँग जोडर समाचार आएको विषयमा बोल्दै उनले छानविन समितिले सबै विषयमा छानविन गरी सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा गठबन्धनका महासचिव मोहम्मद जाकिर हुसेनले छानविन समितिले तोकिएको समयभित्रै दोषि पत्ता लगाई यथार्थ बाहिर ल्याउनुपर्ने माग गर्नुभयोे । उहाँले घटनाको विषयलाई लिएर कुनै पनि तत्वले गलत ढंगले भ्रम सिर्जना गरी सामाजिक सुव्यवस्थामा खलल पुर्याउने कार्य नगर्न पनि आग्रह गर्नुभयोे ।

नेकपाका केन्द्रीय सदस्य महफुज आलमले नेपालमा पसेर भारतका अपराधिले जथाभावि गोली हानेको हुनसक्ने आशंका व्यक्त गर्नुभयोे ।

नेपालको सुरक्षाको आवश्यक प्रबन्ध नहुँदा समाजलाई खलल पुर्याउने गरी चलखेल भएको र मुस्लिम अगुवामाथि हुने श्रृंखलाबद्ध आक्रमणको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

मृतक आलमका भाई जावेद अन्सारीले घटनाको छानविन र दोषिलाई कारबाहीको माग गरे । खुर्सिदको हत्या भएपछि भ्रम फिँजाउने तरिकाले आएका समाचारप्रति आपत्ती जनाउँदै उनले घटनालाई गुपचुपमा राख्ने प्रपञ्च भएको बताउनुभयो ।

उहाँले खुर्सिद आलम कुनै पनि आतंकवादी संगठनसँग सरोकार नराख्ने सामाजिक व्यक्ति भएको बताउँदै भ्रम छरिएको प्रति खेद व्यक्त गर्नुभयोे ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३