प्रकाशित : ७ आश्विन २०७५, आईतवार १०:३५

विराटनगर, ७ असोज । स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहनुभएको विराटनगरका स्वास्थ्य क्षेत्रका अभियान्ता कैलाश खाकी श्रेष्ठले नेपाल जनस्वास्थ्य संघ नेपालको खुल्ला सदस्यमा उम्मेदवार दिनुभएको छ ।

असोज १३ गते हुने निर्वाचनमा प्रगतिशिल समूहतर्फबाट खुल्ला सदस्यमा उम्मेदवार दिनुभएको हो । सामाजिक क्षेत्रमा समेत लागि परेका श्रेष्ठ सबैबिच लोकप्रिय हुनुहुन्छ ।

प्रदेश १ बाट नेपाल जनस्वास्थ्य संघको खुल्ला सदस्यमा उम्मेदवार दिने एक्ला उम्मेदवार हुन् ।
उहाँका प्रतिस्पर्धी अन्य क्षेत्रका छन् । आफनो ऐजण्डा निर्धक्क साथ राखि स्थापित गराउन सक्ने क्षमता भएको श्रेष्ठ संघभित्र लोकप्रिय हुनुहुन्छ ।
नेपाल जेसीजमा समेत आवद्ध भएका श्रेष्ठ लियो क्लब तथा अन्य विभिन्न संघ संस्थाहरुमा आवद्ध हुनुहुन्छ । स्वास्थ्यकर्मीहरुको हकहितको लागि विगत १५ वर्षदेखी लागि पर्दै आएको उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३