प्रकाशित : ३ आश्विन २०७५, बुधबार १८:४४

विराटनगर, ३ असोज । देशभभर विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ संविधान दिवस मनाइरहँदा सुनसरीको इटहरीमा भने कालोझन्डासहित दिवसविरुद्ध विरोध प्रर्दशन भएको छ ।

संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्च र संघिय लिम्वुवान मञ्चले संविधानले सवैलाई समेटन नसकेको भन्दै संशोधनको माग राख्दै इटहरीमा विरोध प्रर्दशन गरेका हुन् ।

संविधान जारी भएको दिनलाई कालो दिन भन्दै पहिचानका पक्षमा संविधान संशोधनको माग राख्दै आएको संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च केन्द्रीय सचिवालय सदस्य केदार उपे्रतीले नेपालको संविधान २०७२ ले कुनै पनी नेपालीको हकहितमा काम नगरेकाले कालो दिन मनाएको बताउनुभयो ।

संघिय लिम्वुवान मञ्चका अध्यक्ष कुमार लिङ्गदेनले संविधान संशोधन नभए मुलुकमा द्वन्द्व बढ्ने बताउनुभयो । अध्यक्ष कुमार लिग्देनको नेतृत्वमा विरोध प्रर्दशन गरिएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३