Breaking News

विज्ञानलाई ध्यान दिन वैज्ञानिकको सुझाव

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार १७:२३

विराटनगर, ३ असोज । छैटौँ राष्ट्रिय विज्ञान दिवस विराटनगरमा एक अन्तरक्रियात्मक कार्यक्रम गरी मनाइएको छ । विज्ञान तथा प्रविधि,दिगो विकास र समृद्धि मूल नारा रहेको यस वर्षको विज्ञान दिवस पहिलो पटक विराटगनरमा मनाइएको हो ।

प्रदेश नं १ का लागि नेपाल जैविक समाजले संयोजन गरेको सो कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका सभापति नरेशप्रसाद पोखरेलले वैज्ञानिक मतिष्कहरु विदेशिनु दुःख लाग्दो भएको बताउनुभयो ।

उहाँले राज्यले यस्ता तिक्ष्ण बुद्धि भएका जनशक्तिलाई स्वदेशमा रोक्न नसकेमा देश विकास हुन गाह्रो हुन्छ भन्नुभयो ।

विज्ञान दिवस,असोज १ को अवसरमा आयोजित सो कार्यक्रममा वातावरण विज्ञानका जानकार रामचन्द्र अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा विज्ञान विकासको सिलसिला देखाउनुभएको थियो ।

उहाँले मुलुकको समृद्धिका लागि विज्ञानलाई अंगिकार गर्न आवश्यक ठहरार्याउनु भयो । प्राविधिक जनशक्तिलाई राज्यले स्वदेशमै काम दिन र विभिन्न स्थानमा अनुसन्धान केन्द्र खोल्न राज्यसँग माग गर्नुभयो ।

सो कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव उपेन्द्र दाहालले विज्ञानले जीवनलाई सजिलो बनाउने सामग्रीहरु आविष्कार गरेर अनिवार्य आवश्यकतामा ल्याइदिएको बताउनुभयो ।

प्राडा रामबहादुर थापाले विश्वले धरै उन्नति गरिसकेको भए पनि हाम्रो देशले स्वदेशमै रहेका वैज्ञानिकलाई चिन्न नसक्दा विकास हुन नसकेको औँल्याउनुभयो । पूर्वाञ्चल विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राडा मीनराज ढकालले अनुसन्धान गरेर त्यसको उपजलाई मानिसको जीवन र विकाससँग जोडे मात्र विज्ञानको मर्म पूरा हुने बताउनुभयो ।

त्यसैगरी प्राडा तेजनारायण मण्डलले देशको विकास गर्नलाई राज्यले वैज्ञानिकहरुको खोजी गरी उनीहरुलाई यथोचित परिचालन गनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी प्राणीशास्त्री सुशील झाले नेपालमा राजनीतिक व्यवस्था र सरकार स्थिर रहन नसकेकोले विज्ञानलाई बुझ्न र यसमा बजेट विनियोजन हुन नसकेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै स्नातकोत्तर क्याम्पस विराटनगरका प्राणीशास्त्र विभाग प्रमुख प्राडा दामोदर थापाले प्रदेशस्तरमा अनुसन्धान केन्द्र खोलिनुपर्ने र नाष्टलगायतका संस्थाहरुका प्रदेश शाखाहरु विस्तार हुनुपर्ने धारणा राख्नुभयो ।

नर्सिङ क्याम्पस विराटनगरकी प्रमुख मेनुका भण्डारीले नर्सहरु विदेशिनु नमज्जाको कुरा हो भन्दै उत्पादित नर्सिङ वैज्ञानिकहरुलाई स्वदेशमै सम्मानजनक किसिमले काम गर्ने वातावरण बनाउन जरुरी छ भन्नुभयो ।

कार्यक्रमको सभापतिसमेत रहनुभएका नेपाल जैविक समाजका अध्यक्ष प्राडा शशीनाथ झाले विज्ञान विकासको मेरुदण्ड भएको हुनाले यसलाई सबैले रक्षा र प्रवद्र्धन गनुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा विज्ञानसँग सम्बन्धित विभिन्न व्यक्तिहरुको उपस्थिति थियो । सो कार्यक्रम संस्थाका सचिव प्राडा शिवकुमार राईले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७५, बुधबार १७:२३

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३