प्रकाशित : ३ आश्विन २०७५, बुधबार १७:१६

विराटनगर, ३ असोज । विराटनगरका पत्रकार गणेश लम्साल जनार्दन मैनाली स्मृती पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा पत्रकार लम्साललाई पुरस्कृत गरिएको हो ।

लम्साललाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले नगद १५ हजार ५ सय ५५ रुपैयाँ र दोसल्ला ओडाएर पुरस्कृत गर्नु भएको थियो ।

प्रेस चौतारी मोरङलेले जनार्दन मैनालीको स्मृति दिवसका अवसरमा हरेक वर्ष एकजना पत्रकारलाई सो पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।

यसअघि सो पुरस्कारबाट ९ जना पत्रकार पुरस्कृत भइसकेको चौतारीका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री कार्की, प्रेस चौतारी नेपालाका उपाध्यक्ष लीलाराज भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुईटल, मोरङ अध्यक्ष बन्धु पोखरेल लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा जनार्दन मैनालकीका बारेमा प्रेस सेन्टर मोरङका अध्यक्ष गोकुल पराजुलीले प्रकाश पार्नुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३