प्रकाशित : ३० भाद्र २०७५, शनिबार १७:२६

विराटनगर ३० भदौ । विदेश जाने विद्यार्थीका लागि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अल्फाबिटाले प्रदेश नं. १ का तीन सहरमा शैक्षिक मेला गर्ने भएको छ ।

‘अल्फाबिटा स्टडी एब्रोड क्यारियर फेयर २०१८’ नाम दिएको शैक्षिक मेला विराटनगर, धरान र इटहरीमा गर्ने भएका हुन् । अल्फाबिटाले विराटनगर आज पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिनुभयो ।

भोली इटहरीमा, सोमबार धरानमा र मंगलबार विराटनगरस्थित नमस्कार होटलमा हुने अल्फाबिटा कन्सलटेन्सीको विराटनगर प्रबन्धक टिका ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार फेयरमा अस्टेलिया, अमेरीका, युरोप र भारतका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले उच्च शिक्षाकालागि बिदेश जान चाहाने विद्यार्थीहरुलाई जानकारी गराउने छन् ।

२० वटा स्टल राखिएको फेयरमा अष्ट्रेलियाबाट मात्र १४ वटा स्टल रहनेछ । फेयरमा एक हजार पाँच सय विद्यार्थी सहभागि हुने अपेक्षा राखिएको ढकालले जानकारी दिनुभयो ।

विराटनगर इटहरी र धरानमा ५/५ सय विद्यार्थीले अवलोकन गर्ने अनुमान गरेको उहाँले बताउनुभयो ।

अल्फाविटा एजुकेसनले बिगत २७ वर्ष शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको छ । यस कन्सल्टेन्सीबाट वर्षमा १ हजार १ सय जना विद्यार्थी अस्ट्रेलिया, अमेरिका , न्यजील्याड , युरोप, प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुमा विद्यार्थीहरु पढाउदै आएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३