Breaking News

नेपाली राष्ट्रिय टोली तयार

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार १४:१७

विराटनगर, ३० भदौ । ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०१८ का लागि नेपाली राष्ट्रिय फुटबल टोली तयार भएको छ ।

एक महिनादेखि विराटनगरमा भइरहेको बन्द प्रशिक्षणबाट नेपाली खेलाडीको टिम तयार पारिएको हो । पहिलो पटक नेपाली फुटबल टोलीले यस प्रतियोगितामा सहभागिता जनाउन पाउने भएपछि एक महिनादेखि टोली बन्द प्रशिक्षणमा छ । भारतको आग्रामा आगामी असोज ४ गतेदेखि प्रतियोगिता सुरु हुँदैछ ।

१० दिन सम्म चल्ने प्रतियोगिताका लागि नेपालका तर्फबाट दिनेश हेन्जनको कप्तानीमा २० जना खेलाडी चयन गरिएको छ । खेलाडी, प्रशिक्षक र व्यवस्थापक सहितको टोलीलाई भोली प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विशेष कार्यक्रमको आयोजना गरेर विदाइ गर्नु हुने छ ।

मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठका अनुसार एक महिनादेखि आग्रा लैजानका लागि खेलाडी चयन गर्न विराटनगरमा बन्द प्रशिक्षणको आयोजना गरिएको बताउनु भयो ।

खेलाडीलाई आग्राको वातावरण अनुकूल बनाउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले विराटनगरलाई बन्द प्रशिक्षण गराउने थलोका रुपमा रोजेको श्रेष्ठको भनाइ छ । एन्फाका केन्द्रीय सदस्य तथा नेपाली टिमका व्यवस्थापक रुपेश अधिकारीले बन्द प्रशिक्षणको व्यवस्थापन र खेलाडीको अभ्यासमा कुनै कमि आउन नदिएको बताउनु भयो ।

नेपाली टिमका तर्फबाट गोलरक्षकको भूमिकामा विष्णुकुमार केसी, विशाल सुनार र सूर्य अधिकारी मध्ये एक जना रहने छन् । विकास खवास, नविन गुरुङ, राजन गुरुङ, असिम गुरुङ, रन्दिप पौड्याल र सजित राई डिफेन्सको भूमिकामा रहने छन् ।

नतिन थापा, मनिष थापा, जय गुरुङ, सेनेहाङ आङ्देम्बे, सुरज ज्यू ठकुरी र अनिल महर्जन मिडफिल्डर हुन् । स्ट्राइकरमा दिनेश हेन्जन, बुद्ध वल तामाङ, रितिक खड्का, अनुप गुरुङ र टिका गुरुङ रहेका छन् । प्रतियोगिता अन्र्तगत समूह ‘क’ मा रहेको नेपालले थाइल्याण्ड, इन्डोनेशिया र चीनसंग प्रतिष्पर्धा गर्ने छ ।

त्यसै गरी समूह ‘ख’ मा आयोजक राष्ट्र भारत, श्रीलंका, दक्षिण कोरिया र मलेशिया रहेका छन् ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३