प्रकाशित : ३० भाद्र २०७५, शनिबार ०७:०१

विराटननगर, ३० भदौ । ३८ क्वीन्टल सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा उच्च अदालत विराटनगरले निलम्बित एसएसपी दिवस लोहनीलाई साधारण तारेखमा छोडन आदेश दिएको छ ।

उच्च अदालतको २ नम्बर इजलासका न्यायाधीश द्धोय नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदको इजलासले जिल्ला अदालत मोरङले जेठ २८ गते गरेको आदेशलाई उल्टयाउँदै शुक्रबार साधारण तारेखमा छोड्न आदेश दिएका हुन् ।

जिल्ला अदालतको आदेश रितपूर्वक नदेखिदा साधारण तारेखमा राखि मुद्दाको कारबाही अगाडी बढाउन आदेश आएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिनु भयो । लोहनीले जिल्ला अदालतको आदेश चित्त नबुझेको भन्दै सादा तारेखमा छोड्न माग राख्दै अदालती बन्दवस्तीको १७ नम्बर गरेका थिए ।

लोहनी पक्राउ पर्नुअघि अपराध अनुसन्धान महाशाखा काठमाण्डौका प्रमुख हुनु हुन्थ्यो । सुन तस्करी र हत्या मुद्दामा आज २४ थान मुद्दाको पेशी चढेको अदालतको सूचना अधिकारी राजनकुमार दाहालले जानकारी दिनु भयो । यस अघि अभियुक्त्तहरु निलम्बित डिएसपी सन्जय थापा, तुलाराम थारु र लाक्पा शेर्पालाई उच्च अदालत विराटनगरले जिल्लाकै आदेश सदर गर्ने आदेश गरेको छ ।

डिएसपी थापालाई हिजो, एयरलायन्स कर्मचारी थारुलाई गत मंगलबार र मुख्य अभियुक्त्त चुडामणी उप्रेती (गोरे)का सहयोगी शेर्पालाई बुधबार उच्च अदालतले जिल्लाकै आदेश सदर गर्न अन्तिम आदेश गरेको हो ।

तीनै अभियुक्त्तहरु मोरंग जिल्ला अदालतको आदेशबाट ८ जेठबाट थुनामा छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३