प्रकाशित : २९ भाद्र २०७५, शुक्रबार १६:५६

विराटनगर, २९ भदौ । ५४ औं राष्ट्रिय बाल दिवसको अवसरमा आज विराटनगरको सत्यनारायण माविले ४४ विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ ।

कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीलाई स्वर्गीय सुमनदेवी गोयल छात्रबृत्ति र स्वर्गीय रामनारायण मिश्र छात्रवृत्ति प्रदान गरिएको प्रधानाध्यापक धर्मानन्द खरेलले जानकारी दिनुभयो ।

१२ जना विद्यार्थीलाई स्वर्गीय सुमनदेवी गोयल छात्रबृत्ति र ३२ जना विद्यार्थीलाई स्वर्गीय रामनारायण मिश्र छात्रवृत्ति समाजसेवी दीनबन्धु गोयल, शिक्षक अभिभावक संघका अध्यक्ष गणेश लम्साल लगायतले वितरण गर्नुभएको थियो ।

कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार साथै स्टेशनरीका सामान प्रदान गरिएको थियो ।

यसैविच राष्ट्रिय बाल दिवसको अवसरमा समाजसेवी दीनबन्धु गोयलले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई २ वटा कम्प्युटर प्रदान गर्नुभएको छ ।

सत्यनारायण माविमा १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३