प्रकाशित : २६ भाद्र २०७५, मंगलवार १९:०६

विराटनगर, २६ भदौ । महिला अधिकारको क्षेत्रमा कार्यरत संस्था संकल्प नेपालले प्रदेश नं. १ मा भीमा खतिवडा (मोरंग) को अध्यक्षतामा ९ सदस्यीय संकल्प प्रादेशिक सञ्जाल गठन गरेको छ ।

विराटनगरमा भएको १४ जिल्लाका महिला अधिकारकर्मीहरुको भेलाले खतिवडाको अध्यक्षतामा सञ्जाल गठन गरेको हो । सञ्जालको उपाध्यक्षमा गंगा पौडेल, सचिवमा शोभा चेम्जुङ, कोषाध्यक्षमा शोभा दाहाल रहनु भएको छ ।

त्यसैगरि सदस्यहरुमा सुश्मा लिम्वु, लक्ष्मी मण्डल, ज्योत्सना राई, नजबुल खान र रेजिना हिङमाङ रहनु भएको छ । नवनिर्वाचित सञ्जालले बधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम पनि गरेको छ ।

निर्वाचित समितिलाई प्रदेश सांसद सावित्रा रेग्मी, इन्सेक क्षेत्रीय संयोजक सोमराज थापा, वपरडेक कार्यकारी निर्देशक सञ्जु साह, संकल्प महासचिव शोभा बस्नेतले शुभकामना दिनुभएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३