प्रकाशित : २६ भाद्र २०७५, मंगलवार १८:५१


विराटनगर, २६ भदौ । विराटनगर ५ को बाल संसार मन्टेश्वरी स्कुलले भाटभटेनी सुपर मार्केटको भ्रमण गराएको छ ।
बालबालिकालाई कितावी ज्ञान भन्दापनि व्यवहारिक शिक्षा दिने उद्देश्यसहित सुपर मार्केट सहित विभिन्न स्थानमा भ्रमणमा लैजान गरेको स्कुलका कोअर्डिनेटर सुमन तामाङले जानकारी दिनुभयो ।
छोटो समयमा नै विराटनगरमा अब्बल बन्दै गएको बाल संसार मन्टेश्वरीले व्यवहारिक शिक्षामा बढी जोड दिने गरेको कोअर्डिनेटर तामाङले बताउनुभयो ।
बाल संसार मन्टेश्वरी स्कुलमा एक सय बढी बालबालिका अध्ययनरत छन् ।