Breaking News

विराटनगर, २६ भदौ । आफ्नै आमाले झुन्ड्याएर हत्या गर्न खोजेका बालकको उपचार मोरङको बुढीगंगा गाउँपालिकाले गर्ने भएको छ । १० वर्षीय निशान यादवको सबै उपचार खर्च गाउँपालिकाले बेहार्ने गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले बताउनु भयो । पछि अरु सहयोग पनि गरिने उहाँको भनाइ छ ।

निशानलाई हिजो आफ्नै आमाले झुन्ड्याए पनि झुन्ड्याएको डोरी छिनेका कारण उनी बाँच्न सफल भएका थिए । बुढीगंगा २ की २९ वर्षीय कविता यादवले आफ्नो दुई छोरालाई झुन्ड्याएर आफूले पनि आत्महत्या गरेकी थिइन ।

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार कविताले छोराहरु १० वर्षीय निशान र ५ वर्षीय अमनलाई झुन्ड्याएर हत्या गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुबै छोरालाई आफ्नै घरको बलोमा झुन्ड्याएपछि घरको भित्रबाट ढोका थुनेर कविताले पनि घर भित्रै डोरीको पासो लगाएर आत्महत्या गरेको प्रहरीको भनाइ छ । कान्छो छोरो अमन र कविताको शव एउटै बलोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको थियो ।

जेठो छोरो निशान भने घाइते अवस्थामा फेला परेका थिए । आमाले झुन्ड्याएको डोरी छिनेपछि उनी भने बाँच्न सफल भएको एसपी केसीले बताउनु भयो । घाइते अवस्थामा घर भित्रैबाट उद्धार गरिएका निशानलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको छ । उनको घाँटीमा पासो लगाउँदाको डोरीको डाम छ । शरीरमा कुटपिट गरिएका केही निलडाम र चोटपकट पनि छन् ।

डोरीको पासो लगाएर झुन्ड्याइएका कारण उनको घाँटीको हड्डीमा केही समस्या रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । एसपी केसीका अनुसार प्रहरीले उपचारका लागि पुर्याएका बालकले सुरुमा भाई र आफूलाई झुन्ड्याएपछि आफूले पनि डोरीको पासो लगाएर आमा पनि झुन्डिएको बताएका छन् ।

उहाँले विभिन्न कोणबाट प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताउनु भयो ।

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलवार १६:००

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३