प्रकाशित : २६ भाद्र २०७५, मंगलवार १५:५५

विराटनगर, २६ भदौ । मोरङको धनपालथान गाउँपालिका ६ स्थित लोहन्द्रा खोला किनारमा दिसा गर्नका लागि भनेर गएका एक अपाङ्गता भएका व्यक्तिको आज खोलाले बगाएर मृत्यु भएको छ ।

लोहन्द्रा खोलाले बगाउँदा धनपालथान ६ का ४२ वर्षीय अमरेश सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका सदस्यले सहनी विहान दिसा गर्नका लागि खोला किनारमा गएको र त्यसपछि घरमा नफर्किएको जानकारी प्रहरीलाई गराएका थिए ।

खोजी गर्ने क्रममा उनको शव कटहरी गाउँपालिका ४ स्थित सोही खोलाको पुल मुनि फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताउनु भयो ।

खोलाले बगाउँदै ल्याएर किनारा लगाएको अवस्थामा शव फेला परेको हो । लामो समयदेखि शारीरिक रुपमा अशक्त रहेका उनी दिसा गर्ने क्रममा चिप्लिएर खोलामा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा पोष्टमार्टम गरेर शव आफन्तलाई बुझाइएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३