Breaking News

बिरामी बृद्धको उद्धार

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार १८:४०

विराटनगर, २५ भदौ । मोरङको कानेपोखरी गाउँपालिका स्थित चिसाङ खोला नजिकैबाट एक बेवारिसे बिरामी बृद्धको उद्धार गरिएको छ । उद्धार गरिएका बृद्धलाई उपचारका लागि नोवेल मेडिकल कलेज विराटनगर ल्याइएको छ ।

लगभग ७२ वर्ष जतिका देखिने ती बृद्धालाई विराटनगर स्थित नोवेल मेडिकल कलेजका संचालक डा. शुनिल शर्माले उद्धार गर्दै उपचारका लागि विराटनगर ल्याउनु भएको हो ।

बाँसको टहरो भित्र ओढ्ने ओछ्याउने बिना नै लेउ लागेको भुइँमा बाँसको चित्राको सिरानी लगाएर सुतेका बृद्धलाई उठ्न नसक्ने अवस्थामा उद्धार गरेर उपचारका लागि ल्याइएको शर्माले बताउनु भयो । ती बृद्धको घर ठेगाना केही पत्ता लागेको छैन । कष्टपूर्ण तरिकाले मात्रै बोल्न सक्ने बृद्धले आफ्नो नाम कृष्णबहादुर राई र घर सुनसरी भएको बताएको अस्पतालले जनाएको छ ।

बृद्ध त्यहाँ कसरी पुगेका हुन् भन्ने बारेमा स्थानीय कसैलाई पनि थाहा छैन । बृद्धको छात्तीमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक एवं नोवेलका बरिष्ठ फिजिसियन डा.रामहरि घिमिरेले बताउनु भयो ।

बृद्धको उपचार र हेरचाहको सबै व्यवस्था डा. शर्माले नै मिलाइदिनु भएको छ । बृद्धको स्वास्थ्यमा सुधार भएपछि आफन्त पत्ता लगाएर परिवारको जिम्मा लगाइने जानकारी उहाँले दिनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३