प्रकाशित : २५ भाद्र २०७५, सोमबार १८:३९

विराटनगर, २५ भदौ । विराटनगरका नाम चलेका तीनवटा कलेज आजबाट औपचारिक रुपमा मर्ज भएका छन् । मेरिल्याण्ड, शिक्षादीप र हिमालयन दर्शन कलेजले मर्ज भएको घोषणा पत्रकार सम्मेलनमार्फत गरेका हुन् ।

स्नातक तह र सो भन्दामाथि विभिन्न संकाय संचालनमा कलेज एक जुट भएको जनाइएको छ । त्रिभुवन विश्व विद्यालयका बिएससी सिएसआइटी, बिआइएम, बिसिए, बिबिएस र बिएचएम संकायहरु संचालन अब मेरिल्याण्ड र शिक्षादीपको एउटै समूहले गर्ने निर्देशक भेषराज पोखरेलले जानकारी दिनु भयो ।

यसका लागि संस्थापक गुणराज ढुङ्गेलको अध्यक्षतामा सात सदस्यीय समिति निमार्ण गरिएको छ । मर्जपछि पठनपाठन भने हिमालयन दर्शन कलेजमा हुने क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिनु भयो । यस अघि शिक्षादीप कलेजमा कक्षा १२ सम्म मात्र पठनपाठन हुने गरेको थियो ।

त्यस्तै मेरिल्याण्डमा व्यवस्थापन संकायमा मात्र पठनपाठन भइरहेको थियो । विराटनगरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न तीन कलेजहरु एक भएकोे संस्थापक ढुङ्गेलको दावी छ ।

हिमालयन दर्शन कलेजमा यसअघि बिएससी सिएसआइटी, बिबिएस मात्र पठनपाठन हुँदै आएको थियो । मर्जपछि तीन वटा कोर्ष थप भएको छ ।

जसमा बिआइएम, बिसिए र बिएचएम रहेको जनाइएको छ । यस संकायको लागि भर्ना समेत खुलेको कलेजले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३