प्रकाशित : २४ भाद्र २०७५, आईतवार १८:४८

विराटनगर, २४ भदौ । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्गले नेपालको वर्तमान संविधान थुपै्र विधि र प्रक्रिया पुरा गरी सबै पक्षको सहभागितामा निर्माण भएको हुनाले यसको कार्यन्वयनको विकल्प नभएको बताउनु भएको छ ।

आज विराटनगरमा प्रदेश नं. १ ले आयोजना गरेको प्रदेश सभाको प्रभावकारिता अभिवृद्धिका लागि सदस्यहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले संविधानको कार्यन्वयनमा प्रदेश सभासदहरुको भूमिका महत्वपूर्ण हुने भएकाले सोही अनुसार भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो ।

संविधान निर्माणका क्रममा यस प्रति केही प्रश्नहरु उठेका भएपनि निर्माण भएको तीन बर्षमा नै नेपालको संविधानलाई सबै पक्षले स्वीकार गरिसकेको दृष्टान्त प्रस्तुत गर्दै पूर्व सभामुख नेम्वाङ्गले अब यसको अक्षरस : कार्यन्वयन बाहेक अर्को विकल्प नभएको स्पस्ट पार्नुभयो ।

जबकी छिमेकी मुलुक भारतमा संविधान सभाले बनाएको संविधान सबै पक्षले स्वीकार गर्न १० बर्ष लागेको पनि उहाँले जानकारी गराउनुभयो । नेपालमा संविधान निर्माणका लामो श्रृंखला भएपनि बर्तमान संविधानसँग यसको तुलना गर्न नमिल्ने उहाँको भनाई छ । उहाँले हामीले अबलम्बन गरेको शासन प्रणाली “संसदीय शासन प्रणाली नै भएकाले सोही अनुसार आफ्ना कामकारवाही र व्यवहार अगाडि बढाउन पनि प्रदेश सभासदहरुलाई अनु्रोध गर्नुभयो ।

संसदहल भित्र प्रवेश गर्दा, बोल्दा र बस्दा समेत सांसदहरुले पालन गर्नुपर्ने थुप्रै अभ्यासहरु छन, तीनलाई कार्यन्वयन गर्नु सांसदहरुको दायिन्व भएको उहाँको सुझाव छ ।

उहाँले अगाडि भन्नुभयो–“ पारदर्शीता र जवाफदेहीतालाई स्थापित गर्ने कुरामा सांसदहरुको भूमिका बढी हुने भएकाले सोही अनुसार तपाँइहरु काम गर्नुहोस, सांसदहरुले संसदमा कुरा राख्दा विनम्र, संयम र तथ्यमा आधारित हुनपर्छ, पत्रपत्रिकैमा आएको आधारमा कुरा राख्दा कहिले काही गल्ति पनि हुन सक्छ, सांसदहरुले गल्ति गर्न पाइदैन ।” यो प्रणाली असफल भयो भने हामी सबै असफल हुने भएकाले सांसदहरु बढी जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

प्रदेश सभा १ का सभामुख प्रदीप कुमार भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा “क्षेत्रगत मुद्धाहरुको मूलप्रवाहीकरणमा संसदीय प्रक्रियाको उपभोग” विषयमा प्रतिनिध सभाका उपसभामुख शिवमायाँ तुम्वाहाम्फे, “संसदीय प्रक्रियामा समितिहरुको भूमिका” बिषयमा प्रतिनिधि सभा सदस्य विन्दा पाण्डे र “प्रदेश सभा सदस्य तथा सञ्चार सम्बन्ध”मा पत्रकार हरी बहादुर थापाले बोल्नु भएको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]ail.com

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३