Breaking News

बेलबारी नगरपालिका विरुद्ध आन्दोलन

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १८:४२

विराटनगर, २४ भदौ । काम कारवाही प्रति असन्तुष्टि जनाउँदै कांग्रेस लगायतका सात दलले मोरङको बेलबारी नगरपालिका विरुद्ध आजबाट आन्दोलन थालेका छन् ।

कांग्रेस नेता राजकुमार लिम्बूको नेत्रृत्वमा संघर्ष समिति गठन गरेर नै दलहरु आन्दोलित बनेका हुन् । आन्दोलनरत दलले आज बेलबारीमा नगरपालिका विरुद्ध प्रदर्शन समेत गरेका छन् ।

दलका नेता कार्यकर्ताले नगरपालिका कार्यालय अगाडि एक घण्टा नाराजुलुस पनि गरे । बेलबारीमा प्रदर्शन गरेका दलका नेता कार्यकर्ताले नगरपालिका कार्यालयमा पुगेर विभिन्न पाँच सुत्रिय माग राख्दै उपमेयर ढाकाकुमारी पराजुलीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

विकास निर्माण लगायत योजना तर्जुमामा नगरस्तरिय दलहरुसंग समन्वय गर्नु पर्ने, कर्मचारी नियुक्ती पारदर्शी र प्रक्रियागत ढंगबाट सबै वर्ग, क्षेत्र र लिङ्गलाई समेटेर गरिनु पर्ने, विकेन्द्रिकरणको सिद्धान्त बमोजिम अधिकार प्रत्यायोजन गरिनु पर्ने र नगरपालिकाको सामान खरिदमा भइरहेको अनियमितता रोक्नु पर्ने लगायतका माग राखेर सात दलले ज्ञापन पत्र बुझाएका हुन् ।

विभिन्न शीर्षकमा कर बृद्धि गरिएको भन्दै कर बृद्धि लगायतका विषयमा पनि सात दलले असन्तुष्टि जनाएका छन् । कांग्रेस नेत्रृत्वमा सुरु भएको आन्दोलनमा खम्बुवान राष्ट्रिय मोर्चा, संघीय समाजवादी फोरम, देशभक्त गणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमुत्ति पार्टी, राष्ट्रिय जनता पार्टी र संघीय लिम्बूवान मञ्च समेतका दल सम्मिलित छन् ।

संघर्ष समितिका संयोजक लिम्बूले माग पूरा गर्नका लागि नगरपालिकालाई सात दिनको अल्टिमेटम दिइएको बताउनु भयो । उहाँले माग पूरा गर्ने विषयमा नगरपालिकाले चासो नदिए थप संघर्ष गर्नुको विकल्प नरहने स्पष्ट पार्नु भयो । उपमेयर पराजुलीले नगर कार्यपालिकामा छलफल गरेर मागको सम्बोधन गरिने बताउनु भयो ।

विज्ञहरुको राय सल्लाह बमोजिम कर निर्धारण गरिएको भन्दै पराजुलीले बनाइएका केही नियम कानुनलाई परिमार्जित गर्न सकिने पनि जानकारी दिनु भयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३