Breaking News

विराटनगर महानगरपालिकामा घुस लिने २ पक्राउ

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १८:३८

विराटनगर, २४ भदौ । सेवाग्राहीसंग घुस लिएको अभियोगमा विराटनगर महानगरपालिकाका दुइ कर्मचारी रंगेहात पक्राउ परेका छन । महानगरपालिकाको बित्तिय ब्यवस्थापन महाशाखामा कार्यरत खरिदार तिलकमणि पोखरेल र नक्शा फांटमा कार्यरत कार्यालय सहयोगि बुधलाल सरदार घुस लिएको आरोपमा पक्राउ परेका हुन ।

विराटनगर महानगरपालिका ७ निवासी मिना शाक्यसंग सम्पति कर र घरबहाल कर बुझाउने क्रममा पोखरेलले रसिद काटिएको भन्दा बढी रकम लिएका थिए ।

७३ हजार ५ सय ५५ को रसिद काटिएको भएपनि कार्यालय सहयोगिको माध्यमबाट पोखरेलले ८५ हजार रकम लिएको शाक्यले बताउनुभयो ।

सम्पति कर बुझाउन महानगरपालिका पुग्नु भएकी शाक्यलाई पोखरेलले चार दिन अघिबाट विभिन्न बहाना बनाएर अल्मलाउदै आएको र आज ८५ हजार दिए कर फछ्यौट गरिदिने सहमति भएको शाक्यको भनाई छ । पोखरेलले घुस लिनेभएपछि शाक्यले विराटनगरको वडा कार्यालय ७ मा गएर गुनासो गर्नूभएको थियो ।

सो वडाका वडाध्यक्ष मधुवाबु तिवारी र महिला सदस्य चित्रकला आचार्यले सो बिषयमा विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीलाई समेत जानकारी गराउनुभएको थियो ।

कार्यालय सहयोगि सरदारको माध्यमबाट रकम लिने बित्तिकै महानगर प्रमुख पराजुली, वडाध्यक्ष तिवारी र वडासदस्य आचार्य समेत गएर खरिदार पोखरेलको क्यास काउन्टर चेक गर्नुभएको थियो । यसअघि नै नोट गरिएको नम्बरको रकम काउन्टरबाट बरामद भएपछि पोखरेल र सरदारलाई नियन्त्रणमा लिइएको थियो ।

यता आरोपित पोखरेलले भने आफुलाई फंसाइएको दाबी गर्नुभएको छ । घटनाको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले छानबिन गरिरहेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आईतवार १८:३८

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३