प्रकाशित : २२ भाद्र २०७५, शुक्रबार १८:५१

विराटनगर, २२ भदौ । विराटनगर १५ जानकी मन्दिर नजिकैबाट सशस्त्र प्रहरीको टोलीले भारतको जोगवनीदेखि ल्याइँदै गरेको ६० हजार मूल्य बराबरको पटका बरामद गरेको छ ।

सशस्त्र प्रहरी वल नेपाल गुल्म हेड क्वाटर (राजश्व गस्ती सुरक्षा) ९ नम्बर गुल्म मोरङका डीएसपी सुरेन्द्रराज रन्जितका अनुसार मटेरुवा नाका हुँदै ल्याइएको पटका बरामद गरिएको हो ।

सशस्त्रको टोलीलाई देखेपछि पटका भित्राउने धन्दामा सक्रिय रहेकाहरु भने फरार भएको जनाइएको छ । फुलझरी, झिरझिरे, गमला बम, खुर्सानी बम, आलु बम, रकेट बम जस्ता पटका ठूलो परिणाममा बरामद गरिएको उहाँको भनाइ छ ।

डीएसपी रन्जितले विराटनगर भन्सार कार्यालयको विभिन्न ढाटमा चेकजाँचाका लागि बस्दै आएको सशस्त्रको टोलीले पनि थोरै परिणाममा दैनिक जसो पटका बरामद गरिरहेको बताउनु भयो । उहाँले बरामद गरिएका सबै पटका एकै ठाउँमा भेला पारेर ‘डिस्पोज’ गरिने जानकारी दिनु भयो ।

पटकाले ठूला ठूला विष्फोट र आतसवाजीको आवाज दिंदा जनजीवन आतंकित बन्ने गरेको उहाँको भनाइ छ । डीएसपी रन्जितले पटकाको अवैध आयात हुन थालेको पाइएसंगै सबै ठाउँमा उच्च सतर्कता अपनाएर कडाई थालिएको बताउनु भयो । त्यसका लागि सशस्त्रको विशेष टोलीले नै परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीले पटका बरामद गरेसंगै चाडपर्व सुरु हुनु अगावै भारतबाट सीमावर्ती नाका हुँदै आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको पटका नेपालतर्फ भित्रन थालेको पाइएको छ । दशैं, तिहार र छठ पर्व सुरु हुन समय बाँकी छँदै ‘चोर बाटो’को प्रयोग गरेर पटका जन्य पदार्थ अवैध रुपमा भित्राउन थालिएको हो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३