प्रकाशित : २२ भाद्र २०७५, शुक्रबार १८:४९

विराटनगर, २२ भदौ । मोरङको बेलबारी नगरपालिका ११ मा अन्तराष्ट्रिय आमन्त्रित दोस्रो बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिता भोली देखि सुरु हुँदै छ ।

डाँगीहाट युथ क्बलले लक्ष्मीमार्ग स्थित खेलमैदानमा आयोजना गर्ने प्रतियोगिता भदौ ३० गते सम्म संचालन हुने छ । प्रतियोगिताका लागि स्वागतद्धार, प्यारापिट र स्टेज निर्माण तथा खैलमैदान व्यवस्थापन लगायतका सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । उद्धघाटन खेलमा चर्च ब्वाईज काठमाडौं र धनकुटा ११ बीच प्रतिष्पर्धा हुने छ ।

आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईका अनुसार प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब मोरङ, उर्लाबारी स्थित मोरङ फुटबल एकेडेमी मंगलबारे, युनाईटेड खर्साङ भारत, इलाम ११, विर्तामोड युनाईटेड क्लब झापा, चर्च ब्वाईज काठमाडौं, धनकुटा ११ र अण्डर १८ राष्ट्रिय खेलाडी नेपाल टिम गरेर आठवटा टोलीले सहभागिता जनाउने छन् ।

अण्डर १८ राष्ट्रिय खेलाडी नेपाल टिम आउने भएपछि यस अघि आउने पक्का भएको उदयपुर ११ भने लक्ष्मीमार्ग गोल्डपकमा सहभागिता जनाउनबाट बन्चित भएको छ । विजेतालाई दुई लाख २२ हजार र उपविजेतालाई एक लाख दुई हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३