Breaking News

सार्वजनिक बाटोमा व्यक्तिले भर्याङ बनाएपछि विरोध

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार १८:४७

विराटनगर, २२ भदौ । सार्वजनिक बाटो मिचेर व्यक्तिले भर्याङ बनाएको भन्दै विराटनगर महानगरपालिका ५ भृकुटीमार्गका स्थानीयले विरोध जनाएका छन् ।

स्थानीय मीना गिरीले आफ्नो घरको दोस्रो तल्ल चढ्न बाटोमै फलामको भर्याङ बनाएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । २०२४ सालकै नापीको नक्शा र फिल्डबुकमा आठ फुटको बाटो कायम रहे पनि हाल उक्त बाटो ५ फिटको मात्रै छ ।

गिरीले त्यही पा“च फुटको बाटो अवरुद्ध हुने गरी व्यक्तिगत प्रयोगका लागि भर्याङ बनाइदिएपछि बर्षौदेखि बाटो प्रयोग गरिरहेका स्थानीयले महानगरपालिकामा साउन २९ मा उजुरी दिएका थिए ।

महानगरपालिकाले वास्तविकता बुझ्न पठाएको अमिन धर्मराज घिमिरेले समेत बाटो कायम भएको स्थानमा गिरीले भर्याङ बनाएको उल्लेख गर्नु भएको छ ।

साविक बखरी ८(क) हाल विराटनगर महानगरपालिका–५ को कित्ता नं ६६ कायम रहेको जग्गा गिरीको नाममा दर्ता रहेको र उनैले आफ्नो निजी बाटो भन्दै मिचेको स्थानीयको भनाइ छ ।

वडा नम्बर ५ का वडा अध्यक्ष मीनकुमार आचार्यको रहोवरमा समेत वाटोबाट बनाएको भर्याङ हटाउन दुई पटक छलफल गरे पनि हाल सम्म समस्याको समाधान नभएको स्थानीयहरु बताउछन् । उता मिना गिरीले आफूले सडक नमिचेको र आफ्नै जग्गामा भर्याङ बनाएको बताउनु भयो । विराटनगर महानगरपालिकाकी उप मेयर इन्दीरा कार्कीले कसैले पनि बाटो मिच्न नपाउने बताउनु भयो ।

उहाँले वास्तविकता बुझेर समस्याको समाधान गर्ने जानकारी दिनु भयो ।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार १८:४७

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३