Breaking News

भन्सार छलीको आशंकामा ट्रक नियन्त्रण

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १८:४३

विराटनगर, २० भदौ । भन्साल छली गरेको आशंकामा विराटनगर भन्सार कार्यालयबाट निस्किएको एउटा मालबहाक ट्रकलाई प्रहरीले  विराटनगर १४ बाट नियन्त्रणमा लिएको छ ।

लोड भएको सामान बढी भए पनि कम मूल्याँकन गराएर राजश्व छली गरेको भन्दै इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौला नेत्रृत्वको टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।

भन्सार कार्यालयले उपलब्ध गराएको प्रज्ञापन पत्रमा सामानको मूल्याँकन कम गराएको आशंकामा ६५ लाख बराबरको हस्पिटलमा प्रयोग हुने सर्जिकलका विभिन्न सामाग्री, मेट्रलिङ्ग र फलामका सामान बोकेको यूपी १७ सी १२९७ नम्बरको भारतीय ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ट्रकमा सामान आयात गरे बापत १२ लाख रुपैयाँ राजश्व पनि बुझाएको प्रज्ञापन पत्रमा देखिन्छ । राजश्व तिरे भन्दा बढी परिणाममा सामान लोड गरिएको सूचनाका आधारमा ट्रक र चालक भारत कटिहारका मोहम्मद सांसद अलीलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो ।

उहाँले सामान सहित ट्रकलाई आवश्यक कारवाहीका लागि क्षेत्रीय राजश्व अनुसन्धान ईकाई कार्यालय इटहरीमा बुझाइएको जानकारी दिनु भयो । उक्त सामानको जाँचपास भन्सार एजेन्ट विनोद पोद्धार गरेका हुन् ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३