Breaking News

बृद्धि गरिएको कर नलिन ‘विप्लव’ को चेतावनी

प्रकाशित मिति : २० भाद्र २०७५, बुधबार १८:४१

विराटनगर, २० भदौ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला जनपरिषद् मोरङले जनतासंग कर नलिनका लागि स्थानीय तहलाई चेतावनी दिएको छ ।

परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै कर नतिर्न सर्वसाधारणमा पनि उर्दी जारी गरेको हो । परिषद्का जिल्ला प्रमुख मिसायलद्धारा जारी विज्ञप्तिमा स्थानीय तहले जवरजस्ती कर उठाउने कार्य जारी राखेमा प्रतिरोध गर्ने र गराउने चेतावनी समेत दिइएको छ ।

‘एकातिर नेपाली जनताले दैनिक हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार जस्ता सामाजिक अपराधको सामाना गर्नु परिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ न्याय माग्ने जनतालाई गोली हानेर हत्या गर्ने काममा राज्य नै लागिरहेको छ ।’

परिषद्ले बृद्धि गरिएको कारका कारण न्यून आय भएकाहरु मारमा परेको दावी गरेको छ । अवैज्ञानिक तरिकाले भारी मात्रामा कर बृद्धि गरेर तथाकथित जनप्रतिनिधीलाई महँगो गाडी, तलव, भत्ता र अन्य सुविधामा खर्च गर्ने काम भइरहेको र करले महँगी तथा भ्रष्टाचारलाई अस्वभाविक रुपमा बृद्धि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले राज्यले लिने करमा कसैले पनि रोक लगाउन नसक्ने र रोक लगाउने खालका गतिविधी भए सरकार चुप लागेर नबस्ने बताउनु भएको छ । उहाँले कर उठाउने विषयमा कुनै अवरोध भए सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने जानकारी पनि दिनु भयो ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार ११:४४

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३