प्रकाशित : २० भाद्र २०७५, बुधबार १७:२५

विराटनगर, २० भदौ । विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुल देशभरबाट उत्कृष्ट बन्न सफल भएको छ । नेपाल सरकारले निर्धारण गरेका मापदण्ड पुरा गर्दै प्रदेश एक बाट एभरेष्ट मात्र उत्कृष्ट विद्यालय बन्न सफल भएको हो ।

नेपाल सरकारले कक्षा १२ सम्मको माध्यमिक शिक्षा उत्तिर्ण परिक्षा (कक्षा १२ ) मा सामुदायिक तीन र संस्थागततर्फका तीन विद्यालयलाई छनौट गरेको हो ।

यस्तै कक्षा १० सम्मको माध्यमिक शिक्षामा सामुदायिक र संस्थागत तर्फका ६ वटा विद्यालय छनौटमा परेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा प्रकाशित सूचना अनुसार माध्यमिक शिक्षा उत्तिर्ण परिक्षा (कक्षा १२ ) मा राष्ट्रिय स्तरमा उत्कृष्ट हुने सामुदायिक विद्यालयतर्फ कास्कीको अमरसिंह माध्यामिक विद्यालय, काठमाडौंको विश्व निकेतन मावि, ललितपुरको बज्रबाराही मा.वि छन् ।

संस्थागत तर्फ विराटनगरको एभरेष्ट, भक्तपुरको एसओएस हरमन माइनर मा. वि. र ललितपुरको नेशनल सेकेण्डरी स्कुल छन् । उत्कृष्ट विद्यालयलाई ३९ औं राष्ट्रिय शिक्षा दिवस २०७५ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शनिवार पुरस्कृत गरिने छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३