प्रकाशित : १७ भाद्र २०७५, आईतवार १६:४४

विराटनगर, १७ भदौ । मोरंगको बुढीगंगा–१, टंकीसिनवारीमा रहेको सिद्धार्थ बाल क्लवले तयार गरेको गीत विमोचन गरिएको छ । क्लवले एक कार्यक्रमको आयोजना गरि विद्यालय भर्ना अभियान संवन्धिको सन्देश मुलक गीत विमोचन गरिएको हो ।

गीतको स्थानीय जीतनारायण थापा मगरले विमोचन गर्नुभएको थियो । क्लवले बाल क्लवका अध्यक्ष देवराज तामाङको जन्मदिनको अवसरपारि गीत विमोचन गरेको हो ।

सिद्धार्थ बाल क्लवले टंकीसिनवारीमा विभिन्न कार्यक्रम समेत गर्दै आएको छ । सरसफाई, वृक्षरोपण, सडक नाटक लगायतका कार्यक्रम गर्दै आएको क्लवका संरक्षक राम कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, क्लवका सल्लाहकार, स्थानीय बुद्धिजीवी,वार्ड सदस्य, विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३