Breaking News

मुलुकी ऐनको विरोधमा मोरङका चिकित्सक आन्दोलित

प्रकाशित मिति : १७ भाद्र २०७५, आईतवार १४:०५

विराटनगर, १७ भदौ । नयाँ मुलुकी ऐनका कारण काम गर्ने वातावरण नबनेको भन्दै त्यसको विरोधमा मोरङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आजबाट आन्दोलित बनेका छन् ।

सरकारले ल्याएको मुलुकी ऐनको मुलुकी अपराधसंहिता ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधी ऐन २०७४ संशोधनको माग गर्दै चिकित्सक आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

मोरङका साना, ठूला, सरकारी तथा निजी स्वास्थ्य संस्थामा आन्दोलनको प्रभाव परेको छ । विराटनगर स्थित कोसी अञ्चल अस्पताल तथा अन्य स्वास्थ्य संस्थाका चिकित्सक आन्दोलनमा होमिएपछि बरिरंग विभागमा उपचार तथा स्वास्थ्य परीक्षणका लागि आउने बिरामी मार्कामा परेका छन् ।

विराटनगरस्थित कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले बिरामीको अवस्था हेरिकन उपचार गराउने पक्षमा आफूहरु रहेको बताउनु भयो । स्वास्थ्य अवस्था जटिल रहेका बिरामीलाई आकस्मिक कक्षमा पनि राखेर उपचार गरिने उहाँको भनाइ छ ।

नेपाल चिकित्सक संघ, कोसी अञ्चल शाखाका अध्यक्ष डा. फरवार्ड सिलवालले सरकारले ल्याएको नयाँ ऐनमा चिकित्सकमाथि अपराधी जस्तो शैलीमा व्यवहार गरिएका कारण आन्दोनल गर्नु परेको बताउनु भयो ।

सिलवालले माग पूरा नभए र सरकारले माग सम्बोधनका लागि चासो नदिए आन्दोलन थप चर्काउने जानकारी दिनु भयो । सिलवालले चिकित्सा क्षेत्रका सन्र्दभमा मुलुकी ऐनमा राखिएका केही विवादीत दफा, उपदफा संशोधन आफूहरुको मुख्य मुद्धा रहेको बताउनु भयो । चिकित्सकहरुले भोलीदेखि देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द गराउने भएका छन् ।

त्यसैगरी, मंगलबार आकस्मिक बाहेकका अन्य विभागमा बिरामी भर्ना बन्द गर्ने, बुधबारदेखि आकस्मिक सेवा बाहेकका सबै शल्यक्रिया बन्द गर्ने, बिहीबारबाट आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी बन्द र शुक्रबारदेखि आकस्मिक सेवाबाहेकका बहिरंग लगायतका सबै स्वास्थ्य सेवा बन्द गरिने चिकित्सक संघले जनाएको छ ।

प्रकाशित मिति : ६ पुष २०७५, शुक्रबार १८:४१

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३