प्रकाशित : १३ भाद्र २०७५, बुधबार १९:२०


विराटनगर, १३ भदौ । प्रदेश नं. १ मा बलात्कार विरुद्धको अभियान शुरु भएको छ । महिला मानव अधिकार रक्षकहरुको सञ्जालको अगुवाईमा अभियानको आजदेखि शुरुवात भएको बताईएको छ ।
आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै अभियानको शुरुवात गरिएको सञ्जालकी मोरङ संयोजक मञ्जिता उपाध्यायले जानकारी दिनुभयो । अभियान अन्र्तगत प्रदेश नं. १ का प्रत्येक जिल्लामा ५ हजार हस्ताक्षर संकलन गरिने बताईएको छ ।
संकलित हस्ताक्षर मुख्यमन्त्री शेरधन राईलाई बुझाईने महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल संयोजक डा.रेणु अधिकारीले जानकारी दिनुभयो । उहाँले १८ बर्षभन्दा मुनीका बलात्कार पीडितको राज्यले संरक्षण गर्नुपर्ने बताउनुभयो ।
अभियान अन्र्तगत सातामा एक दिन जिल्ला समन्वय समिति अगाडी धर्ना समेत दिईने भएको छ । बलात्कार विरुद्धको अभियान आगामी डिसेम्वर १० सम्म चल्ने राष्ट्रिय सञ्जाल संयोजक डा.अधिकारीले बताउनुभयो ।
यसैवीच सिडको छायाँ प्रतिवेदन तयारीका लागि विराटनगरमा प्रदेश स्तरिय परामर्श कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघमा पेश गरिने छाँया प्रतिवेदन तयारीका लागि दुई दिने परामर्श गोष्ठि गरिएको हो ।
गोष्ठिमा सहभागि १४ वटै जिल्लाका महिलाहरुले द्वन्द्व प्रभावितको न्यायमा पहुँच पुग्न नसकेको, बैदेशिक रोजगारीको असर, महिलाको विकासमा बन्देश मुख्य समस्या रहेको निश्कर्ष निकालेका छन् ।
सरकारले आगामी अक्टोबर २३ मा महिलाको अवस्थाबारे संयुक्त राष्ट्रसंघमा प्रतिवेदन पेश गर्दैछ ।