प्रकाशित मिति : १३ भाद्र २०७५, बुधबार १९:१५

विराटनगर, १३ भदौ । मोरङ आएर अपराधमा संलग्न भएका भारतीय नागरिकलाई पक्राउ गर्न नेपाल प्रहरीलाई सकस परिरहेको छ । जिल्ला अदालत मोरङले दुई सय छ जना भारतीयलाई हाल सम्म नेपाल छिरेर अपराधिक गतिविधिमा संलग्न भए वापत दोषी ठहर गरेको छ ।

अपराधमा संलग्न मध्ये नौ जना मात्रै पक्राउ परेका छन् । अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार अपराधमा संलग्न भए वापत दोषी ठहर भएका एक सय ९७ जना भारतीय अदालतको फरार सूचीमा रहेका छन् ।

कर्तब्य ज्यान, सवारी ज्यान, बलात्कार, लागूऔषध र चोरी मुद्दामा भारतीय नागरिकलाई अदालतले दोषी ठहर गरेको उहाँको भनाइ छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाका अनुसार खुल्ला सीमानाको फाइदा उठाउँदै नेपाल पस्ने भारतीय अपराधकर्म गरेर भारततर्फ नै भाग्ने गरेका छन् ।

नेपालमा अपराध गरेर भारतमा छिरिजाने गरेका कारण पक्राउ अपराधमा संलग्न भारतीयलाई पक्राउ गर्न समस्या हुने गरेको थापाको भनाइ छ । उहाँले भारतीय प्रहरीसंग यस विषयमा समन्वय गरेर नेपाल आएर अपराध गर्दै भारत छिरेका भारतीलाई पक्राउ गर्ने प्रयास भने भइरहेको बताउनु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३