प्रकाशित : ६ भाद्र २०७५, बुधबार १८:२६

पथरीशनिश्चरे, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजनीतिबाट कुनै आर्थिक लाभ नलिने प्रतिवद्धता जनाउँदै आफु ‘राजनीतिक जोगी’ भएको बताउनु भएको छ । प्रधामन्त्री ओलीले नेपाल कम्यूनिष्ट पार्टीद्धारा आज विहान मोरङको पथरीशनिश्चरेमा आयोजित सभामा मोरङ ३ बाट निर्वाचित भानुभक्त ढकाल कानून मन्त्री बन्नु भएकोमा बधाई दिँदै मन्तव्य व्यक्त गर्ने क्रममा सो कुरा बताउनु भएको हो ।

उहाँले आफू मुलुकलाई बदल्ने प्रतिज्ञा गरेर मुलुकको बागडोर सम्हालेको जनाउँदै आफुले मुलुकमा भ्रष्ट्राचार हुन नदिने प्रतिवद्धताकासाथ सबै पक्षबाट इमान्दारितापूर्वक काम भएमा मुलुकको समृद्धि हुनेमा जोड दिनुभएको छ । उहाँले, तमोर नदीबाट उच्च बाँध बनाएर त्यहाँको पानी मोरङको चिसाङ खोलामा ल्याएर सिंचाईको व्यवस्था गर्ने, पूर्वपश्चिम तथा उत्तरदक्षिण रेलमार्ग सञ्चालन, पूर्वपश्चिम ६ लेण्डको सडक लगायत देशमा विकास निर्माणका गतिविधिमा क्रियाशिलता अघि बढ्दै गरेको चर्चा गर्नुभएको छ ।

आफ्नो स्वागतमा आयोजित कार्यक्रममा कानून मन्त्री ढकालले सुकुम्वासी समस्या, नदी कटान नियन्त्रण, जातीय सांस्कृतिक संग्रहालय सहित आफूले निर्वाचनका क्रममा गरिएका घोषणाहरु पुरा गर्न आफु प्रतिवद्ध रहेको जनाउनु भएको छ । कार्यक्रममा उर्जामन्त्री वर्षमान पुन, १ नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले पथरीशनिश्चरे सहित प्रदेश र मुलुककै समृद्धिको योजनामा आफूहरु लागेको बताउनु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३