प्रकाशित : ५ भाद्र २०७५, मंगलवार १८:३८

विराटनगर, ५ भदौ । प्रधानमन्त्री केपीशर्मा ओलीले सानो प्रयासबाट नै समृद्धिको बाटोमा लम्कन सकिने बताउनु भएको छ । विराटनगर महानगरपालिका १४ मा सुरु गरिएको बायो ग्यास प्लान्टको आज उद्धघाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले आफूसंग भएका स्रोत साधनको सदुपयोग गरेर फोहोर लगायतका समस्यालाइै सम्पत्तिमा बदल्नुपर्ने बताउनुभयो । विराटनगरले सुरु गरेको बायो ग्यासलाई व्यापक र ठुलो स्केलमा लैजान उहाँको आग्रह छ ।

प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीहरुलाई समेत वैकल्पीक उर्जाको क्षेत्रमा लगानि गर्न आग्रह गर्नुभयो । ओलीले गाईको गोवरलार्य प्रयोग गरेर पाइपलाइनबाट पुर्याइएको ग्यासले थोरै संख्यामा भएपनी सिलिण्डर विस्थापित भएको भन्दै यस्तो प्रविधिलाई सरकारले अन्य जिल्लामा पनि विस्तार गर्ने बताउनु भयो । प्रधानमन्त्री ओलीलले ग्यासमा मुलुकलाई आत्मनिर्भर बनाउन यस्तो खालको परियोजना महत्पुर्ण रहेको बताउनु भयो । मुलुकमा भएका साधन र स्रोतको सही सदुपयोग गर्न सके विकासले फड्को मार्ने उहाँको भनाइ छ । त्यस्तै उर्जा मन्त्री वर्षमान पुनले मुलुकमा अबको पाँच वर्ष भित्रमा ५ हजार, १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गरिने बताउनुभयो ।

उहाँले तिन वर्ष भित्रमा विद्युतको न्युनतम माग पुरा गर्ने र अबको पाँच वर्ष भित्रमा माग बमोजिमको विद्युत आपुर्ति गरिने दावी गर्नुभयो । मन्त्री पुनले फोहोर मैलाबाट उर्जा उत्पादन गर्ने यस्ता परियोजनाहरु सरकारले सुरु गर्ने बताउनुभयो । तीन सय भन्दा बढी वैकल्पीक उर्जाका मझौला आयोजनाहरु सुरु गरिएको उहाँले जानकारी दिनुभयो । ३८ अर्ब रुपैयाँयाको ग्यास र दुई खर्ब रुपैयाँको डिजेल पेट्रोल आयात गरिएको भएपनि यसलाई प्रतिस्थापन गर्न सरकार प्रतिबद्ध भएर लागि परेको उहाँको भनाइ थियो ।

नेपाल सरकार, विश्ववैंक तथा विराटनगर महागनरपालिकासको सहयोगमा १ करोड ५० लाख रुपैयाको लागतमा वायोग्यास परियोजना संचालनमा आएको हो । पहिलो चरणमा विराटनर १४ का ३२ घरमा ग्यास पुर्याएको छ ।

केहीदिनमै ८० घर परिवारलाई ग्यास पुर्याइने जनाइएको छ । सो वडामा रहेका श्री कृण्ण गौशालामा पालेको गाईको गोवरलाई प्रयोगगरी परियोजनामा मार्फत वायोग्यास उत्पादन गरिएको हो ।

करको विषयलाई अपव्याख्या गरियो

यसैबीच विराटनगर विमानस्थलमा संचारकर्मीसंग बोल्दै प्रधानमन्त्री ओलीले करका विषयलाई अपव्याख्या गर्ने काम भइरहेको बताउनु भयो । उहाँले यो कुरालाई गलत रुपमा व्याख्या गरेर जनतामा भ्रम फैल्याउन नहुने पनि बताउनु भयो । मुलुकमा जे काम गर्दा पनि विरोध गर्ने प्रवृत्ति हावी भएको उहाँको भनाइ छ ।

ओलीले स्थानीय तहलाई कर लगाउने अधिकार दिइएका कारण जनताको स्रोतले धान्न सक्ने हिसावको कर लगाउनु पर्नेमा जोड दिनु भयो । नेपालमा लगाइएको कर संसारकै सस्तो रहेको उहाँको भनाइ छ ।

मुलुकको विकासमा किस्तावन्दी हुँदैन

विराटनगरमै आयोजित अर्को कार्यक्रममा ओलीले मुलुकको विकास किस्तावन्दीमा नगरिने बताउनु भयो । कार्यकक्षा प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले सरकारले एकै पटक मुलुकको विकास गर्ने हिसावका कार्यक्रम ल्याइरहेको बताउँदै किस्तावन्दीमा मुलुकको विकास गर्नु पर्छ भन्ने पक्षमा सरकार नरहेको स्पष्ट पार्नु भयो ।

ओलीले मुलुकमा अहिले पनि देश टुक्रायाउने तत्व सक्रिय रहेको भन्दै नियन्त्रण गर्न सरकार लागि परेका बताउनु भयो । केही तत्व देश विगार्ने गतिविधीमा सक्रिय रहेको भन्दै उहाँले सरकार उनीहरुको तमासा र रमिता हेरेर बस्न नसक्ने बताउनु भयो । समग्र मुलुकको विकास र हित गर्नकै लागि कम्युनिष्ट नेत्रृत्वमा सरकार बनेको उहाँको भनाइ छ ।

उहाँले अहिलेको सरकारले पनि मुलुकमा केही गर्न नसके कम्युनिष्ट नेत्रृत्व भनेर उफ्रिनुको अर्थ नरहने स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले जनताले मन पराउने काम गर्न जनप्रतिनिधीलाई निर्देशन समेत दिनु भयो । उहाँले आफू लोकप्रिय हुनका लागि को कसैले पनि बनावटी कुरा गर्न नहुने बताउनु भयो ।

प्रदेशका जनतामा भएका सबै समस्यालाई समेटेर प्रदेश सरकारलाई प्रस्ताव ल्याउन आग्रह गर्दै ओलीले जनताका समस्या समाधान गर्न कुनै कसर बाँकी नराखिने दावी गर्नु भयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३