प्रकाशित : १ भाद्र २०७५, शुक्रबार १८:३६

विराटनगर, १ भदौ । विराटनगर महानगरपालिकाबाट मोरङको ग्रामथान गाउँपालिका ३ सिद्राहा पुर्याएर एक युवकले आफ्नी प्रेमीकाको आज विहान विभत्स हत्या गरेका छन् ।

विराटनगर १३ का ३० वर्षीय दिनेश भट्टराईले आफ्नी प्रेमीका २३ वर्षीय शिखा घिमिरेको विहान १० बजे हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताउनु भयो । उहाँका अनुसार दुबै जना घुम्न भनेर आज विहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए । घुमघामकै क्रममा भट्राईले आफूसंग रहेको धारिलो हतियार दाउ प्रहार गरेर प्रेमीकाको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

हत्या गरेर शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा भट्राईलाई स्थानीय बासिन्दाले घेरा हालेर नियन्त्रणमा लिएपछि प्रहरीको जिम्मा लगाएका छन् । नियन्त्रणमा लिन खोज्दा उनले स्थानीय बासिन्दालाई आफूसंग रहेको छुरा निकालेर प्रहार समेत गर्न खोजेको र त्यस क्रममा छुराले भट्राईको हात समेत काटेको एसपी केसीले बताउनु भयो ।

पक्राउ गरिएका भट्राईलाई इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुई जना प्रेमी प्रेमीका भएको पत्ता लागेको छ ।

प्रहरीका अनुसार युवती एक सातापछि अष्ट्रेलिया जाने तयारीमा थिइन । भट्राईले प्रेमीकाले अरु केटासंग लागेर धोका दिंदै अष्ट्रेलिया जान खोजेपछि आफूले हत्या गरेको स्वीकार गरेको गरेको एसपी केसीले बताउनु भयो । स्थानीय बासिन्दाले विभत्स रुपमा युवतीको शव भेटेपछि र हत्या गरेर युवक भाग्दै गरेको गरेको देखेपछि प्रहरीलाई खवर गरेर युवकलाई नियन्त्रणमा लिएका हुन् ।

अनुहार, घाँटी, पेट र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर युवतीको विभत्स रुपमा हत्या गरिएको प्रहरीले जनाएको छ । धेरै तिर धारिलो हतियार प्रहार गरिएको कारण शव चिन्न सक्ने अवस्थामै थिएन ।

प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुबै जना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३