प्रकाशित : १ भाद्र २०७५, शुक्रबार ०७:५०

विराटनगर, १ भदौ । पूर्वाञ्चल क्षेत्रमा यो बर्षको ९३ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको छ । गत बर्ष साउन सम्ममा ८३ क्षेत्रमा मात्र धान रोपाई सकिएको थियो । यो बर्ष सुरुवात देखि नै मोसम अनुकुल भएका कारणले समयमै रोपाई सकिन लागेको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि अधिकृत राजेन्द्र उप्रेतीले बताउनुभयो ।

कार्यालयका अनुसार अहिलेसम्ममा यस क्षेत्रका उच्चा पहाडी जिल्लामा ९७ प्रतिशत, मध्य पहाडी जिल्लाहरुमा ८९ प्रतिशत र तराई क्षेत्रमा ९४ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको छ ।

तराईका जिल्लाहरु झापामा ९९ प्रतिशत, मोरङमा ९७ प्रतिशत, सुनसरीमा ९८ प्रतिशत, सिरहामा सत प्रतिशत र सप्तरीमा ७५ प्रतिशत रोपाई सकिएको छ । त्यस्तै मध्य पहाडी जिल्ला पाँचथरमा ९५ प्रतिशत, इलाममा ८७ प्रतिशत, भोजपुरमा ८५ प्रतिशत, तेह्रथुममा ८१ प्रतिशत, धनकुटामा ९७ प्रतिशत, उदयपुरमा९३ प्रतिशत, ओखलढुङ्गामा ८० प्रतिशत र खोटाङमा ९५ प्रतिशत क्षेत्रमा धान रोपाई सकिएको छ । उच्च पहाडी जिल्ला ताप्लेजुङमा ९८ प्रतिशत, सखुवासभामा ९७ प्रतिशत, सोलुखुम्बुमा सत प्रतिशत रोपाई सकिएको जनाइएको छ ।

पूर्वाञ्चल क्षेत्रको धान रोपाई हुने कुल चार लाख ६६ हजार हेक्टर जमिन मध्ये चार लाख २१ हजार हेक्टर क्षेत्रमा धान रोपाई सकिएको छ । उत्पादनको हिसावले अन्न भण्डार मानिने तराईका जिल्लामा यो पटक रोपाईको अवस्था निकै राम्रो भएकाले अब यसमा उचित तरिकाले मल र पानीको व्यवस्था मिलाउन सके यो बर्ष धानको उत्पादन बढ्न सक्ने क्षेत्रीय निर्देशनालयका वरिष्ठ कृषि अधिकृत उप्रेतीको दाबी छ ।

रोपेको एक महिनासम्म विरुवा गाँजो हाल्ने समय भएकाले यो अवधिमा पानी कम गरी गोलमेल गरेर यूरिया मल दिन सके पछि उत्पादन राम्रो हुने उहाँको सुझाव छ । “तर धेरै जसो किसानहरुले यही अवधिमा रोपेको बेर्नालाई पानीमा डुबाउने र गोलमेल नगर्ने हुँदा गाँजो हाल्न नसकि पछि लामो बाला नलाग्ने समस्या आउँछ”, “रोपेको बेर्नालाई ठूलो गाँजा हाल्न प्रयाप्त मात्रामा हावाको आवश्यकता पर्छ तर रोपेको बेर्नालाई पानीमा डुबाएर राख्दा जराले आवश्यक हावा लिन नपाउँदा गाँजिन पाउँदै ।” उहाँले भन्नुभयो ।

रोपेको एक महिनासम्मा किरा वा गोवरा आएपनि त्यसले खासै क्षति नपुर्याउने भएकाले यस्तो समस्याबाट किसानहरुले आत्तिनु पर्ने अवस्था नरहेको पनि उहाँले प्रस्ट पार्नुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३