प्रकाशित : १ भाद्र २०७५, शुक्रबार ०७:४०

विराटनगर, १ भदौ । लायन्स क्लव अफ इन्टरनेशनल ३२५ डिष्ट्रिक ए वानले मरणोप्रान्त छाला दान कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ । नेपालमा गत वर्ष १४ जनाले मात्रै छाला दान गरेका थिए । प्राकृतिक प्रकोप या अन्य कुनै कारणले छालाको प्रत्यारोपण तत्कालै गर्नुपर्ने भएपनि नेपालमा छालाको अभावले बिरामीको मृत्यु हुने गरेको भन्दै लायन्स क्लवले छाला दान कार्यक्रमलाई प्रभावकारी बनाउने भएको हो ।

लायन्स क्लव डिष्ट्रिक गभर्नर ३२५ ए वानले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै छाला दानको कार्यक्रमका साथै नेपाल लायन्स फाउन्डेसनको कोष ४८ लाखबाट बढाएर १ करोड पुर्याउने पनि जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै डिष्ट्रिक गभर्नर भेटुवालले वातावरण संरक्षण, बालबालिकामा देखिन क्यान्सर तथा मधुमेह रोगबाट बचाउन जनचेतनामूलक कार्यक्रम गर्ने पनि बताउनुभयो । यस्तै आँखाको मोतिबिन्दु रोग लागेकाहरुको उपचारमा पनि अफूहरुले सहयोग गर्ने उहाँले बताउनु भयो ।
महिला साक्षरता दर वृद्धि गर्न सरकारसँग समन्वय गर्ने, वर्षभरिमा ३० हजार भन्दा बढी वृक्षारोपण गर्ने, १० हजार पिन्ट भन्दा बढी रगत संकलन गर्ने लगायतका कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । भेटुवाल लायन वर्ष २०१८ देखि २०१९ सम्मका लागि गभर्नर हुनुुहुन्छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३