प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १७:३१

विराटनगर, ३१ साउन । विषादीयुक्त पानी खाएर बिरामी परेपछि उपचार गरेर घर फर्किएका मोरङको लेटाङ ९ स्थित श्री माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु फेरी बिरामी पर्न थालेका छन् ।

घर फर्किएका मध्ये तीन जना विद्यार्थीमा स्वास्थ्य सम्बन्धी पुरानै समस्या बल्झिएको हो । विद्यार्थीमा चक्कर लाग्ने, बान्ता हुने, पेट दुख्ने, खाना खान नहुने समस्या दोहोरिएको प्रधानाध्यापक खेमराज दुलालले बताउनु भयो । विद्यार्थीहरु कक्षा ३ मा अध्ययनरत चेतन खड्का, ५ मा अध्ययनरत सिर्जना निरौला र ७ मा अध्ययरत प्रतिमा लिम्बूमा समस्या दोहोरिएको छ ।

गएराति र आज विहान गरेर उनीहरुलाई थप उपचारका लागि विराटनगर ल्याइएको छ । उनीहरु उर्लाबारीको मंगलबारे अस्पतालमा उपचार गराएर गत मंगलबार साँझ घर फर्किएका थिए । उपचारपछि घर फर्किएका विद्यार्थीमा स्वास्थ्य सम्बन्धी पुरानै समस्या बल्झिन थालेपछि अभिभावक पनि त्रसित बनेका छन् ।

गत मंगलबार विद्यालयको खानेपानी ट्यांकीमा हालिएको विषादी युक्त पानी खाँदा विद्यालयमा अध्ययनरत २८ विद्यार्थी बिरामी परेका थिए । बिरामी मध्ये २४ जनाको मंगलबारे अस्पताल र चार जनाको नोवेल मेडिकल कलेजमा उपचार गरिएको थियो ।

नोेवेलमा उपचाररत खुश्बु मिश्र, सृष्टि निरौला, कमला लिम्बू र मनिष थापाको स्वास्थ्यमा सुधार आएपछि उनीहरुलाई पनि अस्पतालले डिस्चार्ज दिने तयारी गरेको छ । उपचारमा संलग्न चिकित्स रमेश दासले समस्या दोहोरिएर उपचारका लागि अस्पताल ल्याइएका बिरामीको अवस्था भने खतरा मुक्त रहेको बताउनु भयो ।

उहाँले बिरामी परेर उपचारपछि घर फर्किएका अन्य विद्यार्थीमा पनि समस्या दोहोरिन सक्ने बताउँदै समस्या बल्झिएमा आत्तिनु पर्ने अवस्था भने नरहेको जानकारी दिनु भयो । दासले विषादी मिसिएको पानी खाएका बालबालिकामा एक साता सम्म यस्तो खालका स्वास्थ्य सम्बन्धी सामान्य समस्या भने दोहोरिरहने बताउनु भयो ।

घटना भएको तीन दिन वितिसक्दा पनि विद्यालयको पानीमा विषादी हाल्नेको भने पहिचान हुन सकिरहेको छैन ।

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजालको निर्देशनमा घटनाको छानविन र अनुसन्धानका लागि मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाको नेत्रृत्वमा पाँच सदस्यीय समिति बनेको छ । रिजालले जतिसक्दो चाँडो पहिचान गरेर घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिनु भएको छ । छानविन समितिले भने आफ्नो काम सुरु गरिसकेको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३