प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १७:१८

विराटनगर, ३१ साउन । विराटनगर ३ मा संचालन गरिएको आलु चिप्स बनाउने फ्याक्ट्रीमा आज दिउँसो आगलागी भएको छ ।

खगेन्द्र आचार्यको एक तले घर भाडामा लिएर नरेन्द्र श्रेष्ठले संचालन गरेको फ्याक्ट्रीमा आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताउनु भयो । उहाँका अनुसार लिक भएको ग्याँस पड्किएर आगो लागेको हो । आगो घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।

आलु चिप्स बनाउन प्रयोग गरिने सामान र एउटा जेनेरेटर समेत जल्दा दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दुई घण्टापछि प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका छन् ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३