प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १७:१७

विराटनगर, ३१ साउन । मोरङ र सुनसरी जिल्लाको सीमानामा पर्ने केसलिया खोलामा डुबेर दुई दिन अघि बेपत्ता भएका एक किशोरको शव आज दिउँसो फेला परेको छ ।

पौडी खेल्ने क्रममा डुबेर मंगलबार बेपत्ता भएका सुनसरीको दुहवी नगरपालिका घर भई विराटनगर महानगरपालिका १ मा बस्दै आएका १६ वर्षीय सजेश रौनियारको शव फेला परेको छ । नेपाल र सशस्त्र प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा रौनियारलाई मृत्त फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी निशान थापाले बताउनु भयो ।

विराटनगर ६ स्थित केसलिया खोलाको पुल नजिकै झाडीमा अल्झिएको अवस्थामा फेला परेको शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पतालमा राखिएको छ । त्यस्तै सुनसरीको दुहवी नगरपालिका ४ स्थित बुढी खोलामा डुबेर घाइते भएकी एक बालिकाको विराटनगर स्थित लाईफगार्ड अस्पतालमा उपचार भइरहेको छ ।

दुहवी ४ का रहमद् आलमकी ३ वर्षीय छोरी रविना खातुन खेल्ने क्रममा आज बुढी खोलामा डुबेर घाइते भएको प्रहरीले जनाएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३