प्रकाशित : ३१ श्रावण २०७५, बिहीबार १७:१६

विराटनगर, ३१ साउन । प्रदेश नम्बर १ स्तरिय पहिलो बालिका सम्मेलन भोली देखि विराटनगरमा शुरु हुँदैछ । तीन दिन सम्म चल्ने सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको आयोजक सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

सक्षम बालिका, समृद्ध १ नम्वर प्रदेश भन्ने नाराका साथ शुरु हुने सम्मेलनमा प्रदेश नं. १ का प्रत्येक जिल्लाबाट २ जना किशोरी, १ जना किशोर गरि बढीमा १ सय ५० जनाको सहभागिता रहने सामाजिक विकास मन्त्रालयकाका सचिव ज्ञानराज सुवेदीले जानकारी दिनुभयो ।

बालविवाह जस्तो जघन्य विषयलाई प्रदेशस्तरीय अभियानको रुपमा अगाडि बढाउन र राज्यले सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने लक्ष्य भन्दा अगाडि नै बालविवाह मुक्त प्रदेशको रुपमा घोषणा गर्न बालिका सम्मेलन फलदायी हुने सचिव सुवेदीले बताउनुभयो ।

सम्मेलनमा जिल्ला समन्वय समितिका उपप्रमुख संरक्षकको रुपमा सहभागि हुने व्यवस्था गरिएको छ । सम्मेलनमा अपाङ्गता, विशेष क्षेत्रका, छुटिएका किशोरी–किशोरहरुलाई विशेष क्षेत्रको रुपमा सहभागी गराईने सचिव सुवेदीले बताउनुभयो ।

सम्मेलनको समन्वयकारी भूमिका केन्द्रिय बालकल्याण समितिको प्रदेश इकाइले गर्ने छ भने आर्थिक तथा प्राविधिक साझेदारका रुपमा वल्र्डभिजन इन्टरनेशनल नेपाल, नारी विकास संघ, प्लान ईन्टरनेशनल नेपाल र फरेन विराटनगर रहेका छन् ।

कार्यक्रमका लागि १५ लाख अनुमानित वजेटको प्रस्ताव गरिएको छ । बालविवाह बढी हुने देशहरुमा नेपाल दक्षिण एशियामा बंगलादेश र भारत पछि तेस्रो मुलुकको रुपमा पर्दछ भने विश्वमा १० औं स्थानमा पर्दछ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३