Breaking News

दोस्रो लक्ष्मीमार्ग गोल्डकप हुने

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार १७:३५

विराटनगर, ३० साउन । मोरङको बेलबारी नगरपालिका ११ मा दोस्रो बुद्ध एअर लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । भदौ २३ देखि ३० गते सम्म प्रतियोगिता गरिने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

फुटबलको विकास र राम्रा खेलाडी उत्पादनका लागि दोस्रो पटक प्रतियोगिता आयोजना गर्न लागिएको डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम राईले बताउनु भयो ।

प्रतियोगितामा विभिन्न क्लबमार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुले सहभागिता जनाउने छन् । अध्यक्ष राईका अनुसार प्रतियोगितामा आयोजक डाँगीहाट युथ क्लब मोरङ, उर्लाबारी स्थित मोरङ फुटबल एकेडेमी मंगलबारे, युनाईटेड खर्साङ भारत, इलाम ११, विर्तामोड युनाईटेड क्लब झापा, धनकुटा र उदयपुर ११ तथा चर्च ब्वाईज काठमाडौं गरेर आठवटा टिमको सहभागिता रहने छ । प्रतियोगिता आयोजना गर्न बुद्ध एअरले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

त्यस बाहेक विभिन्न संघ संस्था, लक्ष्मीमार्गका स्थानीय तथा विदेशमा बसोबास गर्दै आएकाहरुले सहयोग गर्ने अध्यक्ष राईको भनाइ छ । उहाँका अनुसार यस वर्ष पुरकार राशि पनि बढाएर दोब्बर बनाइएको छ ।

प्रथम हुने टिमलाई दुई लाख २२ हजार र द्धितिय हुने टिमलाई एक लाख दुई हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । गत वर्ष प्रथम हुने टिमले एक लाख ११ हजार र द्धितिय हुनेले ५१ हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए ।

प्रतियोगिता संचालनका लागि दर्शकको सुरक्षा र उपस्थितीलाई मध्यनजर गर्दै अस्थायी प्यारापिट निर्माणको काम पनि सुरु गरिसकिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा म्याद अफ दी म्याच, म्यान अफ दी सिरिज, उत्कृष्ट डिफेन्स, मिडफिल्डर, फरवार्ड, गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष राईको भनाइ छ ।

त्यस्तै उदियमान खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था छ । यस वर्षको प्रतियोगिता संचालनका लागि २८ लाख ४५ हजार रुपैयाँ आम्दानी र २५ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३