प्रकाशित : २९ श्रावण २०७५, मंगलवार १६:४१

विराटनगर, २९ साउन । विप्लव माओवदीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा आहवान गरेको बन्दले प्रदेश एकमा खासै प्रभाव नपरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बन्दलाई लक्षित गरी झापाको गौरादहमा नक्कली बम पड्काएको बाहेक अहिलेसम्म प्रदेश एकको अवस्था सामान्य रहेको एक नंम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका डिआईजी केदार रिजालले जानकारी दिए ।सुनसरी, मोरङ र झापामा लामो दुरीका सबारी साधन छिटफुट रुपमा संञ्चालन आएको छ भने साना सबारी साधन निर्बाध रुपमा संञ्चालन भइरहेको रिजालले बताए ।

साथै उघोग कलकारखाना तथा केही जिल्लाहरुका शैक्षिक संस्था समेत संञ्चालन भइरहेको जानकारी दिए ।पहाडी भेगमा भने सामान्य रुपमा दिउसोदेखि सबारी साधन संञ्चालनमा आएको उनले बताए । ‘बन्दको प्रभाव खासै देखिदैन’ डिआईजी रिजाल भन्छन् ‘प्रहरीले आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएको छ’ ।

बन्दलाई सफल बनाउन एक नम्बर प्रदेश बाहेक अरु स्थानमा बम फेला परेपनि प्रदेशको सुरक्षामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको कारण अहिलेसम्म शंकाष्पद बस्तु फेला नपरेको उनले बताए ।‘हामीले प्रदेशका सबै जिल्ला प्रहरी कार्यालय र त्यसका मातहतका प्रहरी कार्यालयमा सादा पोसाकका प्रहरी परिचालन गरेका छौ’ उनले भने ‘ति सादा पोसाकका प्रहरीका साथमा हतियार समेत दिएर परिचालन गरेका छौ’ ।

राजमार्ग र बजार केन्द्रित सुरक्षालाई बिशेष ध्यानमा राखेर प्रदेश एकका सबै ठाँउमा सादा पोसाकका प्रहरी परिचालन गरेका उनको भनाई छ । ‘त्यस्तै परिस्थिति आए सादा पोसाकका प्रहरीले तत्कालै ‘एक्शन’ लिने गरि हतियार सहितको प्रहरी परिचालन गरेको रिजालले बताए । डिआईजी रिजालले प्रदेशको सुरक्षा व्यवस्था मजबुत भएकाले ढुक्क हुन सर्वसाधारणलाई आग्रह पनि गरेका छन् ।

दमकबाट बिप्लब नेतृत्वको (नेकपा) माओवादीको पर्चा बांड्दै हिडेका दुइ युवालाइ पक्राउ गरेको समेत उनले बताए । उनिहरुको बिषयमा अनुसन्धान भइरहेको समेत रिजालले बताए ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३