Breaking News

पेट्रोलियम मजदुरले सुरु गरे आन्दोलन

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १८:०६

विराटनगर, २८ साउन । तलव भत्ता बृद्धिको माग गर्दै पेट्रोलियम ढुवानी गर्दै आएका मजदुरहरु आजदेखि आन्दोलित भएका छन् । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर अगाडिको सडकमा पेट्रोलियम ढुवानीमा प्रयोग गरिंदै आएका ट्यांकर राखेर मजदुर आन्दोतिल बनेका हुन् ।

ढुवानी ठप्प पार्दै मजदुर आन्दोलित भएपछि डिजेल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थ आयातमा बाधा पुगेको छ । पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघले खटाउँदै आएका छ सय मजदुरले पेट्रोलियम लोड अनलोडका सबै काम ठप्प पारेका हुन् ।

तलव र भत्ता बृद्धि हुनु पर्ने माग राखेर ढुवानीका सबै काम बन्द गर्दै आन्दोलन सुरु गरिएको नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष केशव आचार्यले बताउनु भयो । पटक पटक तलव बृद्धिको माग गरिए पनि सुनुवाई नभएपछि आन्दोलन नै गर्नु परेको उहाँको भनाइ छ ।

उहाँका अनुसार व्यवसायी संघले पेट्रोलियम चालकलाई मासिक आठ हजार र सहचालकलाई चार हजार रुपैयाँ पारिश्रमिक दिंदै आएको छ । आचार्यले मासिक १३ हजार रुपैयाँ पारिश्रमिक र दैनिक एक हजार रुपैयाँ भत्ता दिइनु पर्ने माग राखेर आन्दोलन सुरु गरिएको बताउनु भयो । माग पूरा नभए सम्म आन्दोलन जारी राख्ने चेतावनी मजदुरहरुले दिएका छन् । मजदुरको आन्दोलनका कारण भारतको बरौनीबाट हुँदै आएको पेट्रोलियम ढुवानी आज हुन सकेन ।

मजदुहरुले विराटनगर निगमको क्षेत्रीय डिपोबाट आज पेट्रोल पम्प सम्म पनि पेट्रोलियम पदार्थ लोड अनलोड गर्न मानेनन् । पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले तलव भत्ताको विषयलाई लिएर मजदुरहरु आन्दोलित बनेको बताउँदै मजदुहरुलाई संघले मात्रै तलव बृद्धि गरेर दिन सक्ने अवस्था नरहेको जानकारी दिनु भयो ।

उहाँले यस विषयमा आयल निगमसंग पनि समन्वय गर्ने काम भइरहेको बताउनु भयो । निरौलाका अनुसार भारतको बरौनीबाट दैनिक ४० देखि ५० वटा ट्यांकर डिजेल र पेट्रोल लिएर नेपाल आउँछन् ।

आज भने एउटा पनि ट्यांकर आएका छैनन् । समस्या समाधानका लागि भन्दै पेट्रोलियम मजदुर, व्यवसायी र आयल निगमबीच भएको बार्ता विना निस्कर्ष टुँगिएको छ । निगमका क्षेत्रीय प्रमुख दिनेश यादवले सबै पक्षबीचको बार्ताबाटै समस्या समाधानको प्रयास भइरहेको बताउनु भयो ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३