प्रकाशित : २८ श्रावण २०७५, सोमबार १५:४८


विराटनगर, २८ साउन । नेपाली कांग्रेसका तर्फबाट प्रदेश नम्बर १ को सचेतकमा सांसद सुयर्माराज राई नियुक्त हुनु भएको छ । प्रदेश–१ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा नियुक्त गर्नु भएको हो ।
राईले नेविसंघबाट राजनीति सुरु गर्नु भएको थियो । उहाँ मोरङ क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष निर्वाचित हुनु भएको हो । राईले प्रदेश संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।
“पार्टीको निर्देशन र निर्णयअनुसार संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दछु,” राईले भन्नुभयोे, “यो नियुक्तिलाई ठूलो अवसरका रुपमा पनि लिएको छु ।”