प्रकाशित : २७ श्रावण २०७५, आईतवार १९:०७

विराटनगर, २७ साउन । नक्कली औषधी विक्री वितरण गरेको आरोपमा पक्राउ परेका थप दुई फार्मेसीका संचालकलाई दश दिनको म्याद थप गरिएको छ ।

पक्राउ परेका पाण्डब राजवंशी र नौसाद अन्सारीलाई औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले आइतबार जिल्ला अदात मोरङमा दश दिनको म्याद थप गरेको हो । राजवंशी विराटनगरको हस्पिटल चौकमा सञ्चालनमा रहेको गोल्डेन फार्मेशीका सञ्चालक हुन भने अन्सारी जिग्री फार्मेसीको सञ्चालक हुन् ।

औषधी व्यवस्थापन विभागले शुक्रबार उनीहरुलाई नक्कली औषधी विक्री वितरण गरेको आरोपमा पक्राउ गरेको थियो ।

भारतबाट अवैध रुपमा नेपाल औषधी ल्याएर विक्री वितरण गर्ने नक्कली औषधीको गिरोह धरान ४ बस्ने ३२ वर्षिय जीवन अग्रवालबाट थप रहस्य खुलेपछि फार्मेसीका संचालक अन्सारी र राजवंशीलाई पक्राउ गरेको औषधी व्यवस्था विभागले जनाएको छ ।

औषधी व्यवस्था विभागले जिग्री फामेर्सीबाट विभिन्न कम्पनीको नक्कली औषधी छापा मारेर बरामद गरेको बताइएको छ । उक्त फार्मेसीमा नक्कली औषधीको कारोबार गर्ने अग्रवालले दिने गरेको अनुसन्धानबाट खुलेको एक जना अनुसन्धान अधिकृतले जानकारी दिनुभयो ।

प्रहरीले विराटनगरको पाँच वटा फार्मेसीमा साउन १३ गते छापा मादा ठूलो परिमाणको नक्कली औषधीसहित दुई वटा फार्मेसीको संचालकलाई पक्राउ परेका थिए ।

यसअघि प्रहरीले विराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स हस्पिटल भित्र रहेको लङ्ग लाइफ फार्मेसीका सञ्चालक विराटनगर १० का ३३ वर्षिय दिपक कुमार राय र विराट अस्पताल भित्र रहेको मेड प्लस फार्मेसीका सञ्चालक सप्तरी महुली ५ का ३० वर्षिय प्रशान्त कुमार चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई औषधी ऐन २०३५ अन्तर्गत मुद्दा चलाउने औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरकी निमित्त प्रमुख आसा थापाले जानकारी दिइन् । उनका अनुसार शुक्रबार पक्राउ परेका दुई जना सञ्चालकहरु माथि पनि आइतबारदेखी अनुसन्धान सुरु गरेको बताइन् ।

केही दिन भित्र अनुसन्धान पुरा गिर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा तयार गरिने बताउनुभयो ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेको छ ।
यता नेपाल औषधी व्यवसायही संघ कोशी विराटनगरले बिना कारण औषधी व्यवसायीहरुलाई पक्राउ गरेको भन्दै आज ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले विराटनगर स्थित रहेको औषधी व्यवस्थापन विभाग क्षेत्रीय कार्यालयमा पुगेका ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष कुमार खतिवडाले पछिल्लो समय पक्राउ परेकाका व्यवसायीहरुलाई पक्राउ गरेर दुःखु दिने काम गरेको बताउनुभयो ।

‘पहिले अनुसन्धान गर्दा केही छैन भन्दै छोडेका थिए,’ अध्यक्ष खतिवडाले भने, ‘फेरी पाण्डब राजवंशी र नौसाद अन्सारीलाइ पक्राउ गरेर प्रहरी हिरासतमा राख्नुभयो ।

कुनै अपराध गरेजस्तो गरि औषधी व्यवसायीहरुलाई त्रसित पार्ने काम गरिएको उहाँले बताउनुभयो ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३