प्रकाशित : २७ श्रावण २०७५, आईतवार १८:५२

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिका १४ नम्वर वडाका ७२ वर्षिय जगदिशप्रसाद यादवले वडा स्वास्थ्यचौकी निर्माणकालागी ५० लाख मुल्य वरावरको जग्गा आज महानगरपालिकालाई हस्तान्तरण गर्नु भएको छ ।

महानगरपालिकामा आयोजित कार्यक्रममा जग्गा दाता यादवले विराटनगर–१४ स्थित जतुवामा रहेको दुईकठा दशधुर जग्गा महानगरपालिकाकालाई हस्तान्तरण गर्नभयो ।

महानगरपालिकाको तर्फवाट मेयर भिम पराजुली र जग्गादाता यादवले सम्झौतापत्रमा हस्तक्षर गर्नु भएको थियो । महानगरपालिकाले प्रतेकवर्डामा एक स्वास्थ्यचौकी निमार्णगर्ने उदेश्यले सो ठाउमा स्वास्थ्य चौकि निमार्ण गर्न लागेको हो । महानगरपालिकाका प्रमुह भिम पराजुलीले जग्गा उपलव्ध भइसकेकाले भदौदेखी निर्माणकार्य शुरुहुने बताउनुभयो । त्यसका लागी महानगरपालिकाले ५० लाख रुपैया छुटयाएको वताउनुभयो ।

जग्गादाता यादवले गरिव तथा विपन्नवर्गका समुदायलाई सहज रुपले स्वास्थ्यसेवा पाउन भन्ने उदेश्यले जग्गा हस्तान्तरण गरेको वताउनुभयो । १४ नम्वर वडाका वडाध्यक्ष वलदेव यादवले जग्गा प्रदानगर्नुहुने जगदिश यादवलाई धन्यवाद दिदै महानगरको विकासमा सवैको सहयोग अपरिहार्य रहेको वताउनुभयो ।

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की तथा कार्यकारी अधिकृत कुमार दाहालको सहभागित थियो । जग्गा दाता यादवले यस अघि वडामा रहेको श्रीवाल मावी निमार्णकालागी ६ कठा जग्गा समेत दान दिनु भएको थियो ।

यादवले आफुले पाउने सामाजिक सुरक्षाभत्ता समेत मठ मन्दिरलाई दिदै आउनु भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३