प्रकाशित : २७ श्रावण २०७५, आईतवार ११:०२

विराटनगर २७ साउन । नक्कली औषधी विक्री गर्ने २ जना विराटनगरबाट पक्राउ परेका छन् ।
मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने औषधिको नक्कली कारोवार गर्ने अनुसन्धानका क्रममा थप दुई जनालाई औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले पक्राउ गरेको हो ।

औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले हस्पिटल चोकबाट जिग्री फार्मेसीका नैसाद अन्सरी र गोल्डेन फार्मेसीका पाण्डप राजवंशी (पाण्डु) पक्राउ गरेको विभागले जनाएको छ ।

नक्कली औषधी विक्री गरेको आरोपमा गत साउन १३ गते विराटनगरका विभिन्न नाम चलेका हस्पिटल लाईनका मोरङ प्रहरी छापा मारेको थियो । विराटनगरको नाम चलेको पाँच वटा अस्पताल भित्रको फार्मेसीहरुमा छापा मारी ठूलो परिमाणको नक्कली औषधी बरामद गरेको थियो ।

यसै क्रममा गोल्डेन अस्पताल भित्र सञ्चालित फेमलीकेयर फार्मेसीबाट प्रहरी छापा मारेर नक्कली औषधि बरामद गरेको थियो । पाण्डु फेमलीकेयरका पनि आवद्ध छन् । अस्पताल भित्र गोल्डेन फार्मेसी नाम गरेको कुनै फार्मेसी छैन् । तर पाण्डु सहित रहवर अन्सारी लगायतले औषधि खरिद गर्नेले बिल माग्दा गोल्डेन फार्मेसीको बिल प्रयोग गर्दै आएका छन् ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेको छ । उनीहरुको आइतबारदेखी अनुसन्धान सुरु हुने निमिक्त प्रमुख आशा थापाले जानकारी दिनुभयो ।

यसअघि नक्कली औषधि प्रकरणका मुख्य नाइके भनिएका जीवन अग्रवल सहित विराट मेडिकल कलेज भित्र सञ्चालित महुली फार्मेसीका सञ्चालक प्रशान्तकुमार चौधरी र म्याक्स अस्पताल भित्र सञ्चालित लाइफ फार्मेसीका सञ्चालक दिपककुमार राय पक्राउ परेका छन् । उनीहरुमाथि मुद्दा चलाउने तयारी गरिएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३