प्रकाशित : २४ श्रावण २०७५, बिहीबार ०७:२०

विराटनगर, २४ साउन । १४ जिल्ला रहेको १ नम्बर प्रदेशमा सबैभन्दा बढी दूध उत्पादन मोरङमा हुने गरेको छ ।

आर्थिक वर्ष मोरङमा १ लाख ५७ हजार ७ सय ६० मेट्रिक टन दूध उत्पादन गरि सबैभन्दा बढी दूध उत्पादन गर्ने जिल्ला रहेको प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी कुमारसिहं खत्रीका अनुसार दोस्रोमा इलामो छ । इलाममा १ लाख २३ हजार ७ सय मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । प्रदेशमा सबैभन्दा कम दूध उत्पादन हुने जिल्ला ओखलढुङ्गगा छ । आर्थिक वर्षमा ओखलढुङ्गगामा ४ हजार ३ सय ७७ मेट्रिक टन मात्र दूध उत्पादन भएको मन्त्रालयको अभिखेलमा देखिन्छ ।

मन्त्रालयको अनुसार झापामा ९५ हजार ८ सय ४० मेट्रिक टन, सुनसरीमा ४५ हजार ८ सय ३२ मेट्रिक टन, उदयपुरमा ८१ हजार ९ सय ३५ मेट्रिक टन , पाँचथरमा ३७ हजार ९सय ३५ मेट्रिक टन, ताप्लेजुङ्गमा १० हजार १ सय २३ मेट्रिक टन, धनकुटामा १३ हजार ३ सय ८६ मेट्रिक टन, संखुवासभामा ८ हजार ७ सय ७९ मेट्रिक टन, भोजपुरमा १३ हजार २ सय १२ मेट्रिक टन, तेह्रथुममा ६ हजार ३ सय ७० मेट्रिक टन र सोलुखंम्बुमा ८ हजार ९ सय ५७ मेट्रिक टन दूध उत्पादन भएको छ ।

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३