Breaking News

विराटनगर, २४ साउन । उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्रकुमार खड्काले नेपाल सरकारले वृद्धि गरेको श्रमिकहरुको न्यूनतम पारिश्रमिक सबै भौगोलिक हिसावले व्यवसायिक प्रतिष्ठानले व्यहोर्न नसक्ने बताउनु भएको छ ।

मंगलबारबाट वीरगञ्जमा सुरु भएको उद्योग बाणिज्य महासंघको राष्ट्रिय भेलामा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले उद्योग रहेको स्थान र क्षेत्रको वर्गिकरण गरेर वैज्ञानिक रुपमा पारीश्रमिक लागू गर्नुपर्ने सुझाव दिनुभएको छ ।

उहाँले जमिनको बढ्दो मूल्यका कारण जग्गा खरिद गरेर उद्योग स्थापना गर्ने अवस्था नरहेको हुंदा सरकारले जमिनको व्यवस्था गरी लगानी गर्ने वातावरण वनाउन महासंघले पहल गर्नुपर्ने, विदेशी लगानी भित्र्याउंदा स्वदेशमा सक्षम रुपमा संचालन भईरहेका उद्योगलाई असर नपर्ने खालका उद्योगको स्थापनाका लागि स्वीकृत दिनु पर्ने बताउनुभयो ।

अध्यक्ष खड्काले लो भोल्टेज, वारम्वारको ट्रिपिंग, कम गुणस्तरको विद्युत आपूर्ति लगायतका कारणले मेशिन खराव हुने र उद्योगको उत्पादनमा ह्रास आउने यसमा तत्काल सुधाारका लागि पहल गर्न महासंघका ध्यानकर्षण गर्नुभयो ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिमा व्याज दर घटाउने आसयको कुरा सार्वजनिक गरेपनि हाल सम्म व्यवसायिक क्षेत्रमा १५ प्रतिशत सम्म व्याज लिंइदै आएको कुरा स्मरण गराउँदै उक्त व्याजदरलाई अविलम्ब कटौती गरी ८ प्रतिशत सम्ममा कायम गर्न उहाँको माग छ ।

स्थानीय निकाय तथा प्रदेश सरकारले करका दरहरुमा अत्यधिक वृद्धि गर्नुका साथै दोहरो तेहरो करको भार थप गरेको हुंदा यसतर्फ महासंघले यथाशिध्र सम्वन्धित निकायको ध्यानाकर्षण गराउनु पर्ने कुरामा पनि अध्यक्ष खड्काले जोड दिनुभयो ।

उहाँले कृषि जन्य वस्तुहरुको भारत निर्यात गर्दा खाद्य प्रयोगशालाका अभावका कारण व्यवसायीहरुले अनावश्यक दुःख झेलिरहनु परेको कुरा स्मरण गराउँदै यस्ता वस्तुहरुको परिक्षणका लागि भारतको जोगवनी र पानीटंकिमा एग्रिगेड टेष्ट ल्यावरोटर को स्थापना गर्नुु पनि उहाँले माग गर्नभयो ।

नेपालमा उत्पादन भएका ताजा हरियो सागसव्जीहरु बन्दाकोपी, मुला, स्कुस, टमाटर, मटरकोसा, फूलकोपी आदि मध्ये इस्कुस, टमाटर, मटरकोसा र फूलकोपीलाई हाल भारततर्फ निर्यातमा भएको अवरोध तत्काल हटाउन पहल गर्नुभयो ।

उद्यमी व्यवसायीहरुको सुविधालाई ध्यानमा राखी वाणिज्य विभागबाट दिइने फर्म रजिष्ट्रेशन दर्ता तथा नवीकरणको काम जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयबाटै गर्ने व्यवस्था मिलाउन उद्योग बाणिज्य महासंघले पहल गर्नुपर्ने उहाँको भनाई छ ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३