Breaking News

बाढीले कालेपत्रे भत्कीयो

प्रकाशित मिति : २३ श्रावण २०७५, बुधबार १६:४७

विराटनगर, साउन २३ । स्पर र तारजाली लगाउने काम समयमा नहुदा विराटनगर–रंगेली सडकखण्ड अन्तर्गत वक्राहा पुल संग जोडिएको झण्डै पाँच सय मिटर कालोपत्रे सडक खण्ड बाढीले भत्काई दिएको छ । यसरी सडक बाढीले भत्काएपछि विराटनगर–रंगेलीको आवगमनमै अवरोध सिर्जना भएको छ ।

पानीको वहाव रोक्न तारजाली लगाउन र स्पोर निर्माण गर्न जेठमै ठेक्का दिएको भए पनि काम समयमा नभएपछी असारको अन्तिम साता बक्राहा खोलामा आएको वाढीले सडक भत्काएरको विराटनगर स्थित सडक डिभिजनल कार्यालय जनाएको छ ।

पुलको उत्तरतर्फ पानीको वाहाव रोक्न सडक डिभिजन कार्यालयले डेढ करोड रुपैयाका लागतमा काम सम्पन्नगर्न गत जेठ महिनामै सुुनसरीको सरिता निमार्णसेवा कम्पनीलाई ठेक्का दिएका थियो । तर सो कम्पनीले असारको अन्तिममा आएर काम शुरु गरेको छ ।

हुुलाकी राजमार्गको रंगेली स्थित वक्राहा खोलामा आएको वाढिले पश्चिमतर्फको कालोपत्रे सडक तथा पुुलको ग्यावल र विङवाल भत्काएको छ । त्यसकाका लागी खोलाको सतहवाट सडकसम्म १० मिटरभन्दा अग्लो स्पर निमार्ण गर्नुपर्ने हुन्छ । यसरी समयमा शुरुगर्नुपर्ने काम मध्यवर्खामा शुरुगर्दा प्रभावकारी रुपमा काम हुन नसकेको गुनासो स्थानीयले गरेका छन ।

पुुलको विङवाल र ग्यावल निमार्णगर्न ठेका पाएको सो कम्पनीले समयमा काम नगर्दा असारको अन्तिम साता आएको वाढीले पूलको पश्चिम तर्फको सडक समेत भत्काइदिएको स्थानीय कमल ऋषिदेवले बताउनुभयो ।

कालोपत्रे सडक भत्किएपछी वक्राहाको पक्किपुुल समेत जोखिममा परेको छ । विगत एक महिना देखी भत्किएको सडक नवनेपछि सवारी साधन आवत जावतमा समस्या भएको छ ।

पूलछेउको भत्किएको सडकमा घेरावारा गरेर अर्को छेउवाट सवारी साधनलाई आवतजावत गर्न दिएको सडक डिभिजन कार्यालयका इन्जिनियर मनिष झाले वताउनुुभयो ।

पूलको ग्यावल वनाउने काम नौ महिना भित्र पुुरा गर्नुुपर्ने सम्झौता भएपनि मध्यवर्षामा काम शुुरु गरेकाले समस्या भएको उहाँको भनाई छ । विराटनगर– रंगेली हुदै उर्लावारी जोडने उक्त सडकमा दैनिक पाचसयभन्दा वढि सवारी साधन आवत जावत हुुने गर्दछन ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार १४:५६

सामाजिक संजाल

प्रधान सम्पादक

महेन्द्र विष्ट

9852034125

Official Contact

अरुण खबर मिडिया प्रा. लि.

[email protected]

Web: www.arunkhabar.com

दर्ता जानकारी

कम्पनी दर्ता न.१८१३८८

भ्याट न : ६0६८११२७३